कोषलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन प्रधानमन्त्रीको निर्देशन

<p>काठमाडौं, २३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले गरिबी निवारण कोषलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन निर्देशन दिएका छन् । गरिबी निवारण कोषको ६४औँ बैठकमा प्रधानमन्त्री दाहालले आफूले प्रधानमन्त्रीको पदभार ग्रहण गर्दा गरिबसँग सरकारको कार्यक्रममा हस्ताक्षर गरेको स्मरण गर्नुभयो र यसलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन कोषका पदाधिकारीहरुलाई निर्देशन दिए । कोषका उपाध्यक्ष युवराज पाण्डेका अनुसार प्रधानमन्त्रीले गरिबसँग सरकार [&hellip;]</p>

काठमाडौं, २३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले गरिबी निवारण कोषलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन निर्देशन दिएका छन् । गरिबी निवारण कोषको ६४औँ बैठकमा प्रधानमन्त्री दाहालले आफूले प्रधानमन्त्रीको पदभार ग्रहण गर्दा गरिबसँग सरकारको कार्यक्रममा हस्ताक्षर गरेको स्मरण गर्नुभयो र यसलाई प्रभावकारी ढङ्गले अगाडि बढाउन कोषका पदाधिकारीहरुलाई निर्देशन दिए ।

कोषका उपाध्यक्ष युवराज पाण्डेका अनुसार प्रधानमन्त्रीले गरिबसँग सरकार कार्यक्रमलाई प्रभावकारी बनाउन कोषले रणनीतिक भूमिका खेल्नुपर्ने निर्देशन दिएका थिए । कोषका कार्यकारी निर्देशक नहकुल केसीले कोषले स्थापनाकालदेखि हालसम्म गरेका गतिविधिका साथै आगामी दिनमा कोषले गर्ने कामको विवरण प्रस्तुत गरेका थिए ।

कोषले हाल देशभर ५५ जिल्लाका ३० हजार सामुदायिक संस्थामार्फत आठ लाखभन्दा बढी विपन्न परिवारलाई सेवा दिँदै आइरहेको छ । यसमध्ये ७८ प्रतिशत महिला, २६ प्रतिशत दलित र २५ प्रतिशत जनजाति रहेको कोषका प्रवक्ता श्रीराम सुवेदीले जानकारी दिए ।

विसं २०६१ देखि सञ्चालनमा आएको कोषले हालसम्म रु १८ अर्ब ५३ करोड ७२ लाख सात हजार ३३३ लगानी गरेको छ । रासस

Share News