काठमाडौं, २३ भदौ । त्रिभेणी विकास बैंकले सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ । उक्त निर्णय बुधबार बसेको बैंकको सञ्चालक समितिको बैठकले गरेको हो ।
बैंकको निर्णय नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले सो मात्रामा लाभांश पाउने छन् । हाल बैंकको चुक्ता पूँजी ८२ करोड रुपैयाँ रहेको छ । बिहीबार बैंकको प्रतिकित्ता सेयर ५२३ रुपैँयामा कारोबार भइरहेको छ ।