बाफिया बिवाद टुंग्याउन लागे अर्थमन्त्रालय र अर्थसमिति, अर्काे सातासम्ममा अन्तिम रुप दिइने

<p>काठमाडौं, २३ भदौ । बैंक तथा वित्तीय संस्था सम्बन्धी विवादित ऐनलाई अन्तिम रुप दिएर पुन संसदमा पेश गर्ने तयारी भएको छ । यसको लागि अर्थमन्त्रालयले आन्तरिक छलफल गरिसकेको छ भने अर्थसमितिले आगामी सातासम्ममा दफावार छलफल गरेर अन्तिम रुप दिने तयारी गरेको छ । विहिवारको अर्थसमिति बैठकमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले बाफियाको बारेमा मन्त्रालयमा आन्तरिक [&hellip;]</p>

काठमाडौं, २३ भदौ । बैंक तथा वित्तीय संस्था सम्बन्धी विवादित ऐनलाई अन्तिम रुप दिएर पुन संसदमा पेश गर्ने तयारी भएको छ । यसको लागि अर्थमन्त्रालयले आन्तरिक छलफल गरिसकेको छ भने अर्थसमितिले आगामी सातासम्ममा दफावार छलफल गरेर अन्तिम रुप दिने तयारी गरेको छ ।

विहिवारको अर्थसमिति बैठकमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले बाफियाको बारेमा मन्त्रालयमा आन्तरिक छलफल भइसकेको जानकारी दिए ।

‘हामीले आन्तरिक छलफल गरिसकेका छौं, अहिले अधिकतम सहमति खोजिन्छ, कोही असहमत भयो भने पनि संसोधन गर्दै गरौंला, तर ऐन चाढो ल्याउनु पर्ने भयो,’ समिति बैठकमा महराले भने ।
समिति सभापति प्रकाश ज्वालाले आगामी सातासम्ममा समितिमा दफावार छलफल गरेर ऐन ब्यवस्थापिका संसदमा पेश गरिसक्ने जानकारी दिए ।

‘बाफिया समितिमा बसेको निकै लामो समय भइसक्यो, अब ढिला गर्नु हुन्न, अर्काे सातासम्ममा दफावार छलफल गरौं र विधयेक पुन संसदमा पठायौं, यसको लागि अर्थमन्त्री र अर्थसचिवले समय दिनु पर्यो,’ सभापति ज्वालाले भने ।

बाफिया एक पटक समितिले आवश्यक छलफल गरेर संसदमा पेश गरेको थियो । तर बाफियाको मस्यौदामा बैंकका संचालकको कार्यकाल जस्ता केही विषयमा ब्यापक विवाद भएपछि सरकारले विधयेक फिर्ता लिएको थियो । सरकारले फिर्ता लिएको सो विधयेक पुन छलफलको लागि अर्थसमितिमै पठाइएको थियो ।

यसविचमा सरकार परिवर्तनको कारण छलफल गर्न नसकिएको सभापति ज्वालाले जानकारी दिए ।

‘विधयेक फिर्ता भएपछि हामीले एक पटक छलफल गर्यौं, तर पुरानो सरकार जाने र नयाँ आइनसकेको अवस्थामा छलफल प्रभावकारी ढंगले अगाडि बढाउन सकिएन,’ ढिलाइ हुनुको कारण बारे सभापति ज्वालाले प्रकाश पारे । अर्थमन्त्री नहुदा बाफियावारे छलफल अगाडि बढ्न नसकेको उनको भनाइ छ ।

Share News