तीन दाना रुद्राक्षको ४३ लाख, २१ मुखे एउटैको १५ लाख

<p>काठमाडौ २३, भदौ । संखुवासभा र भोजपुरबाट यसै साता तीनवटा बहुमुल्य रुद्राक्ष ४३ लाख रुपैयाँमा बिक्री भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । रुद्राक्ष व्यवसायी संघका अध्यक्ष विपिन राईले यो वर्ष धेरै मुख भएका महँगा दाना तीनवटा बजारमा आएको र अन्य केही गुपचुपमा खरिदबिक्री भएको जानकारी दिए । धुपुको ज्यामिरेमा उत्पादन भएका २१ [&hellip;]</p>

काठमाडौ २३, भदौ । संखुवासभा र भोजपुरबाट यसै साता तीनवटा बहुमुल्य रुद्राक्ष ४३ लाख रुपैयाँमा बिक्री भएको छ ।

यो हालसम्मकै उच्च मूल्य हो । रुद्राक्ष व्यवसायी संघका अध्यक्ष विपिन राईले यो वर्ष धेरै मुख भएका महँगा दाना तीनवटा बजारमाrudrakchya-na आएको र अन्य केही गुपचुपमा खरिदबिक्री भएको जानकारी दिए ।

धुपुको ज्यामिरेमा उत्पादन भएका २१ मुखे रुद्राक्ष् व्यपारी सुजन राई, नरेन्द्र राईलगायतले १६ लाखमा खरिद गरेका विहिबारको अन्नपूर्ण पोष्टमा समाचार छापिएको छ ।

षडानन्द नगरपालिका केउरेनीपानीमा उत्पादन भएको २१मुखे रुद्राक्ष व्यपारी नीलमणि न्यौपाने लगायतले १५ लाख ५० हजारमा खरिद गरे ।

यसैगरी यसै साता भोजपुरको फलिकोटमा उत्पादन भएको २१ मुखे रुद्राक्ष सानो आकारको भएको भन्दै १२ लाख रुपैयाँमा खरिद भएको व्यापारी चित्र श्रेष्ठले बताए ।
कमानसिंह राइले भने एक लाख २० हजार १७ मुखे रुद्राक्ष खरिद गरेका छन् । बाँकी २०, १२, १८, १७ मुखे भने तीन करोड रुपैयाँमा खरिदविक्री भइरहेको उल्लेख छ ।

Share News