पी२० मोबाइलको साथमा कलर्सको स्मार्ट योजना

<p>काठमाडौं, २२ भदौ । कलर्स मोवाइलले स्मार्टफोन प्रयोगकर्ताहरुका लागि पहिलोपटक पी २० मोबाइल फोनका साथमा प्राइड सेरिजका मोबाइल फोनहरुमा नयाँ योजना सुरुवात गरेको छ । आकर्षक र परिष्कृत शैलीमा ४ इन्च स्क्रीनको यो मोडलले नेपाली ग्याजेट बजारमा नयाँ तरङ्ग ल्याउनेछ । प्राइड पी २० अतुलनीय पातलो डिजाइनमा आएको छ, जसले यो फोनलाई विशिष्ट स्वरुप दिएको [&hellip;]</p>

collors_P-20काठमाडौं, २२ भदौ । कलर्स मोवाइलले स्मार्टफोन प्रयोगकर्ताहरुका लागि पहिलोपटक पी २० मोबाइल फोनका साथमा प्राइड सेरिजका मोबाइल फोनहरुमा नयाँ योजना सुरुवात गरेको छ । आकर्षक र परिष्कृत शैलीमा ४ इन्च स्क्रीनको यो मोडलले नेपाली ग्याजेट बजारमा नयाँ तरङ्ग ल्याउनेछ ।

प्राइड पी २० अतुलनीय पातलो डिजाइनमा आएको छ, जसले यो फोनलाई विशिष्ट स्वरुप दिएको छ । अत्याधुनिक इन्ड्रोइड (मार्समल्लो) अपरेटिङ सिस्टम रहेको यो फोन नेपालको बजारको लागि सबैभन्दा किफायती मूल्यमा प्राप्त गर्न सकिने स्मार्टफोन हो । प्राइड सेरिजका फोनमा ३२ जीबी सम्मको डाटा स्टोर गर्न सकिन्छ । कलर्स पी २० मा ४ जीबीसम्म डाटा फोनमै स्टोर गर्न सकिन्छ, त्यस्तै यसमा ३.२ मेगा पिक्सल क्यामेरा उपलब्ध छ ।

पूर्ण चार्ज गरेर प्रयोग नगरि राख्दा ४०० घण्टासम्म अफ नहुने १४०० मिलि एम्पियर आवर ब्याट्री क्षमता तथा १.३ गिगाहर्ज क्वार्ज क्वाड कोर प्रोसेसर रहेको यो फोनले प्रयोगकर्ताहरुको आवश्यकतालाई सम्पूर्ण रुपमा सम्बोधन गर्ने कम्पनीको दावी छ । यी सबै फिचरहरुको साथमा नयाँ प्रविधिको यो स्मार्टफोन पी २० नेपाली बजारमा ४ हजार ६ सय ९५ रुपैयाँमा उपलब्ध छ ।
कलर्स मोबाइल, टेलिटकले टेलिटेक प्रालिसँगको सहकार्यमा सन् २००९ मा नेपालमा भित्रिएको हो ।
नेपालमा कलर्स मोबाइलका २० लाख प्रयोकर्ता रहेका कम्पनीले जनाएको छ ।

Share News