काठमाडौं, २२ भदौ । बुधबार बजार खुलेको आधा घण्टामा नै परिसूचक घटेर १८१९ अंकमा पुगेको थियो । त्यसपछि बजारमा केहि सुधार देखिएको हो । बजार बन्द हुँदा भने परिसूचक ९ दशमलब ९७ अंकले घटेर १८२४ अंकमा पुगेको छ । सो दिन १४५ कम्पनीको २९ लाख ३१ हजार ९३४ कित्ता सेयर १ अर्ब ६५ करोड २१ लाख रुपैयाँमा किनबेच भएको छ ।

सो दिन बीमा, होटल र अन्य समूहको परिसूचक बाहेक अरु बाकी समूहको परिसूचक ओरालो लागेका छन् । सबैभन्दा बढी बैंकिङ् समूहको परिसूचक २० अंकले ओरालो लागेको छ भने बाकी समूहको सूचक सामान्य अंकले ओरालो लागेका छन् । बीमा, होटल र अन्य समूहको परिसूचक क्रमशः ९४, २ र ०.५८ अंकले उकालो लागेका छन् ।
बुधबार नबिल बैंकको १३ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । लुम्बिनी जेनेरल इन्स्योरेन्स कम्पनीको ११ करोड ९६ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको हो । त्यस्तै, नबिल बैंक लि. प्रमोटर सेयर, नेपाल बङ्गलादेश बैंक, प्रभु इन्स्योरेन्स, एभरेष्ट बैंक र सनराइज बैंकको ७ करोड बढी रुपैयाँको सेयर कारोबार भएको छ ।
सो दिन सबैभन्दा बढी रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले करिब ७ प्रतिशत गुमाएका छन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लि. प्रमोटरका लगानीकर्ताले करिब ६ प्रतिशत गुमाएका छन् । रिलायवल माइक्रोफाइनान्स वित्तिय संस्थाको सेयर मूल्य ९ प्रतिशतले बढेको छ ।