काठमाडौं, २२ भदौ । यूनिक फाइनान्स लिमिटेडको १६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृती दिएको छ । साथै, फाइनान्सले प्रस्ताव गरेको कर प्रयोजनको लागि २० लाख ९ हजार ३४७ रुपैयाँ ३७ पैसा नगद लाभांश वितरण गर्न राष्ट्र बैंकले स्वीकृति दिएको छ ।
फाइनान्सको सो प्रस्ताव कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीलाई वितरण गरिने छ ।