काफ्लेलाई बर्खास्त गर्न मन्त्रिपरिषदमा प्रस्ताव, पेट्रोलियम पदार्थको मूल्य घटबढ नगर्न निर्देशन

<p>काठमाडौं २२, भदौ ।  उर्जा मन्त्रालयले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेलाई बर्खास्त गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउन पहल उठाएको छ । मूल्यांकन समितिले गरेको मूल्यांकनउपर पुन मूल्यांकनका लागि मन्त्रिपरिषदले गत भदौ २ गते गठन गरेको स्वतन्त्र प्यानल गठन गरेको थियो । उक्त प्यानलले प्रस्ताव गरे बमोजिम प्रधानमन्त्री कार्यालयले गत साता उर्जा मन्त्रालयलाई पत्राचार गरेपछि उर्जाले [&hellip;]</p>

काठमाडौं २२, भदौ ।  उर्जा मन्त्रालयले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेलाई बर्खास्त गर्न मन्त्रिपरिषदमा प्रस्ताव पठाउन पहल उठाएको छ ।mukesh-rau_1

मूल्यांकन समितिले गरेको मूल्यांकनउपर पुन मूल्यांकनका लागि मन्त्रिपरिषदले गत भदौ २ गते गठन गरेको स्वतन्त्र प्यानल गठन गरेको थियो ।

उक्त प्यानलले प्रस्ताव गरे बमोजिम प्रधानमन्त्री कार्यालयले गत साता उर्जा मन्त्रालयलाई पत्राचार गरेपछि उर्जाले काफ्लेलाइृ हटाउन प्रस्ताव उठाएको हो ।

काफ्ले उर्जा मन्त्रालयबीच भएको कार्यसम्पादन सम्झौताअनुसार मन्त्रालयले गठन गरेको मूल्यांकन समितिले काफ्लेलाई अनुतिर्ण गरेको थियो ।

त्यसपछि उनले स्वतन्त्र मूल्यांकनको लागि भन्ज्दै मन्त्रिपरिषदमा निवेदन दिएका थिए ।

पेट्रोलियम पदार्थको मूल्य घटबढ नगर्न नेपाल आयल निगमलाई निर्देशन

आपूर्तिमन्त्री दीपक बोहोराले दशैं, तिहार, छठ पर्व अवधिभर पेट्रोलियम पदार्थको मूल्य घटबढ नगर्न नेपाल आयल निगमलाई निर्देशन दिएका छन् ।petrol_pump

मन्त्री बोहोराले असोज एक गतेदेखि कात्तिक २१ गतेसम्म मूल्य समायोजन नगर्न निर्देशन दिएको खबरआजको कारोमारमा छापिएको छ।

नेपालीको मुख्य चाडपर्वका बेला अन्तर्राष्ट्रिय बजार मूल्यबमोजिम समायोजन गर्दा उपभोक्ता मारमा पर्ने र इन्धनको समेत अभाव हुन सक्ने भन्दै यस्तो निर्देशन दिइएको हो ।

मन्त्री बोहोराले यस वर्ष दशैं, तिहार र छठ पर्व अवधिभर न्यून मूल्य राखेरै भए पनि उपभोक्तालाई बढीभन्दा बढी छुट दिने व्यवस्था मिलाउनसमेत निजी क्षेत्रका व्यापारीहरुलाई आग्रह गरेका छन्।

Share News