सेञ्चुरी बैंकमा पाँच रुपैंयाँमा बचतखाता, बार्षिक तीन प्रतिशत ब्याज

<p>काठमाडौं, २१ भदौ । सेञ्चुरी कमर्सियल बैंकले ५ रुपैंयाँमा  बचत खाता खोल्ने गरी नयाँ बचत खाता योजना ल्याएको छ । भदौ १२ गतेबाट सुरु भएको नयाँ खातामा बचत कर्ताले वार्षिक ३ प्रतिशत ब्याज दरले मासिक भुक्तानी समेत पाउनेछन् । नयाँ खाता योजना अनुसार ३५० रुपैंयामा डेबिड कार्ड र २ लाखसम्मको निक्षेप सुरक्षण बिमा समेत रहेको [&hellip;]</p>

centurybankकाठमाडौं, २१ भदौ । सेञ्चुरी कमर्सियल बैंकले ५ रुपैंयाँमा  बचत खाता खोल्ने गरी नयाँ बचत खाता योजना ल्याएको छ ।
भदौ १२ गतेबाट सुरु भएको नयाँ खातामा बचत कर्ताले वार्षिक ३ प्रतिशत ब्याज दरले मासिक भुक्तानी समेत पाउनेछन् ।

नयाँ खाता योजना अनुसार ३५० रुपैंयामा डेबिड कार्ड र २ लाखसम्मको निक्षेप सुरक्षण बिमा समेत रहेको छ । बैंकले आर्थिक वर्ष २०७२/७३ को असार मसान्तसम्ममा ३८ करोड २६ लाख नाफा कमाएको थियो । बैंकले २८ अर्ब ९७ करोड निक्षेप संकलन गर्दै २५ अर्ब ८ करोड कर्जा परिचालन गरेको थियो ।

बैंकले हालसम्ममा ३१ वटा शाखा, २९ वटा एटीएम्, ८ वटा शाखारहित बैंकिङ्ग र ३ वटा एक्सटेन्सन् काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ ।

Share News