काठमाडौं, २१ भदौ । नविल बैंकले ४५ प्रतिशत लाभांश दिने भएको छ । बैंक सञ्चालक समितिको भदौ २१ गते बसेको बैंठकले ४५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
सञ्चालक समिति बैठकले ३० प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकको स्विकृति तथा बैंकको आगामी साधारण सभाबाट पारित गरेपछि लगानी कर्ताले सो मात्रामा लाभांश पाउने छन् ।
बैंकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट सो मात्रामा लाभांश वितरण गर्न लागेको हो । सो आवमा बैंकले २ अर्ब ८२ करोड नाफा कमाएको थियो ।