काठमाडौं, २१ भदौ । अर्थशास्त्री प्राडा विश्वम्भर प्याकुरेलले नेपाल सरकारले आफै अध्यक्ष भएको क्षेत्रीय र द्धिपक्षीय संस्थाहरुमा पनि आफ्नो चासोको मुद्दा गम्भीर रुपमा राख्न नसकेको बताएका छन् ।
नेपाल आर्थिक संघको २५ औं स्थापना दिबसको उपलक्ष्यमा आयोजित कार्यक्रममा नेपालले आफै अध्यक्ष भएको संस्थामा आफ्नो चासोको मुद्दा किन राख्न नसकेको ? भनेर प्रधानमन्त्री पुस्पकमल दाहालसँग प्रश्न गरेका हुन् ।
‘दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को सचिवालय काठमाडौंमा छ, सार्क अध्यक्ष्य नेपाल नै हो, विमस्टेकको अध्यक्ष पनि नेपाल नै हो, अतिकम विकसित देशहरुको संगठन (एलडिसी) को अध्यक्ष पनि नेपाल हो, यी मन्चहरुमा नेपालले आफ्ना मुद्दा किन राख्न सक्दैन ?’ प्रधानमन्त्री दाहाल उपस्थित कार्यक्रममा संघका अध्यक्षसमेत रहेका अर्थशास्त्री प्राडा प्याकुरेलले प्रश्न गरे ।
प्रधानमन्त्री दाहालको आसन्न भारत भ्रमणको समयमा नेपालका चासोको विषय गम्भीर रुपमा उठाउनु पर्ने उनले सुझाव दिए । भारतसँग जलस्रोको विषयमा मात्रै कुरा हुने गरेकोले सो वाहेकका अन्य अनगिन्ती विषय भएको हुदाँ त्यतातिर पनि ध्यान दिन उनले प्रधानमन्त्रीलाई सुझाव दिए ।
‘प्रधानमन्त्रीको भारत भ्रमण भन्ने वित्तीकै जलस्रोतको मात्रै कुरा आउछ, सार्क क्षेत्रभित्रको स्वतन्त्र ब्यापारका विषय छन्, यस्तै भारतले कडाइ गरेपछि नेपाली अदुवाले निकासीमा भोग्दै आएको समस्याका विषय छन्, यस्ता देखिदा साना जस्तो लाग्ने तर नेपालले गम्भीर समस्या भोग्दै आएका विषय उच्चस्तरको भ्रमणको मुद्दा बन्न सकेका छैनन्, प्रधानमन्त्रीको भ्रमणमा यी विषय पनि उठ्न जरुरी छ,’ प्याकुरेलले भने ।
नेपालले सार्क र विमस्टेक जस्ता मन्चहरुमा आफ्ना समस्या राख्न नसकेको पनि बताए ।