नील आर्मस्ट्रङ्गसँगै चन्द्रमामा पाइला टेक्ने व्यक्ति विराटनगर आउँदै

<p>मोरङ, २० भदौ । चन्द्रमामा पुगेर मानव पाइला राख्ने नील आर्मस्ट्रङ्गसँगै अर्का यात्री बज एड्रिन मङ्गलबार विराटनगर आउँदै छन् । पहिलो अन्तरिक्ष यान एपोलो–११ मार्फत उनी पनि चन्द्रमामा पुगेका थिए । सुनसरीको सीतागन्जस्थित एभरेस्ट साइन्स सेन्टरमा आयोजना हुने तय भएको कार्यक्रममा नेपालीलाई आफ्नो चन्द्रमाको अनुभव सुनाउन उनी मङ्गलबार विराटनगर आउन लागेका एभरेस्ट साइन्स सेन्टरका निर्देशक [&hellip;]</p>

buzz-aldrin-2-story-top (1)मोरङ, २० भदौ । चन्द्रमामा पुगेर मानव पाइला राख्ने नील आर्मस्ट्रङ्गसँगै अर्का यात्री बज एड्रिन मङ्गलबार विराटनगर आउँदै छन् । पहिलो अन्तरिक्ष यान एपोलो–११ मार्फत उनी पनि चन्द्रमामा पुगेका थिए ।

सुनसरीको सीतागन्जस्थित एभरेस्ट साइन्स सेन्टरमा आयोजना हुने तय भएको कार्यक्रममा नेपालीलाई आफ्नो चन्द्रमाको अनुभव सुनाउन उनी मङ्गलबार विराटनगर आउन लागेका एभरेस्ट साइन्स सेन्टरका निर्देशक दिलीप अधिकारीले जानकारी दिए । अन्तरिक्ष यात्री सोमबार काठमाडौं आइपुग्ने छन् ।

एल्ड्रिनले मङ्गलबार ठूलो सङ्ख्यामा विद्यार्थीमाझ चन्द्रमामा पाइला राख्दाको अनुभव सुनाउनु हुने छ भने मङ्गल ग्रहमा बस्ती बसाउन सकिने योजनाबारे पनि आफ्नो योजनाबारे प्रस्ट पार्ने बताएका छन्। रासस

Share News