सिटिजन्स बैंक इन्टरनेशनलको बोनस १६ प्रतिशत मात्र हुने

<p>काठमाडौं, १८ भदौ । सिटिजन्स बैंक इन्टरनेसनलले यो वर्ष कति बोनस देला ? बजारमा निकै चासोको विषय बनेको छ । भदौ १३ गते बसेको बैंक संचालक समितिको २१४ औं बैठकले आ.व २०७२/७३ को वितरण योग्य मुनाफाबाट २०७३ आषाढ मसान्तको चुक्ता पूँजी ३ अर्ब ६ करोड रुपैयाँको २४.४९ प्रतिशतले हुने ७५ करोड ६ लाख ७५ हजार [&hellip;]</p>

काठमाडौं, १८ भदौ । सिटिजन्स बैंक इन्टरनेसनलले यो वर्ष कति बोनस देला ? बजारमा निकै चासोको विषय बनेको छ ।

भदौ १३ गते बसेको बैंक संचालक समितिको २१४ औं बैठकले आ.व २०७२/७३ को वितरण योग्य मुनाफाबाट २०७३ आषाढ मसान्तको चुक्ता पूँजी ३ अर्ब ६ करोड रुपैयाँको २४.४९ प्रतिशतले हुने ७५ करोड ६ लाख ७५ हजार ७६२ रुपैयाँ बराबरको बोनस सेयर र सोमा लाग्ने करको लागि १.२९ प्रतिशतले ३ करोड ९५ लाख ०९ हजार २५१ रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको सोही दिन बैंकले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा बैंकको चुक्ता पुँजी ३ अर्ब ६ करोड रुपैयाँ भन्नु र त्यसको २४.४९ प्रतिशत बोनस दिने भन्नुले सेयरधनीहरुमा धेरै जिज्ञासा र आशंका व्यक्त गरेको पाईएको छ । बैंकको प्रबक्ता समेत रहेको नायब प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले विकासन्युजसँग कुरा गर्दै भने -हकप्रद सेयर निष्काशन पछिको पुँजीको आधारमा करिव १६ प्रतिशत लाभांश दिन सकिन्छ ।

ganeshraj_pokharelबैंकले असारमा निश्काशन गरेको हकप्रद सेयर खरिद गर्नेको नयाँ सेयरले बोनस पाउने कि नपाउने ? बैंकले लिलामीमा राखेको ७ लाख ५ हजार ७१७ कित्ता सेयर किन्नेले गत वर्षको नाफाबाट बोनस पाउने कि नपाउने ?

हकप्रद सेयर लिनेले पनि बोनस सेयर पाउँछन् । हामीले अहिले बिक्रीमा राखेको ७ लाख ५ हजार ७१७ कित्ता सेयर किन्नेले पनि गत वर्षको बोनस पाउँछन् । बिक्री हुन बाँकी हकप्रद सेयर खरिदको लागि भदौ ३१ गतेसम्म आवेदन खुला गरेको छौं । असोज ४ गतेसम्म सेयर बाँडाफाँड गछौं । त्यतिबेला बैंकको चुक्ता पुँजी ४ अर्ब ७५ करोड हुन्छ । त्यसपछि बुक क्लोज गरेर साधारणसभामा जान्छौं । बुक क्लोज हुनुपूर्व सेयर धारण गर्ने सबै सेयरधनीले बोनस सेयर पाउँनुहुन्छ ।

सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७२/७३ मा बैंकले खुद नाफा १ अर्ब १० करोड ९८ लाख आर्जन गरेको छ । त्यसबाट केही रकम संचित कोषमा पनि राख्नु पर्ला । त्यो अवस्थामा बैंकले सेयरधनीलाई २४.४९ प्रतिशत बोनस सेयर र १.२९ नगद लाभांश दिन सक्छ ?

हामीले करिव ७९ करोड रुपैयाँ लाभांश दिने भनेर राष्ट्र बैंकमा वार्षिक प्रतिवेदन स्वीकृतिको लागि पठाएका छौं । त्यो स्वीकृत भएर आयो भने हकप्रद सेयर निष्काशन पछिको पुँजीको आधारमा बैंकले दिने लाभांश करिव १६ प्रतिशत हुन्छ ।

यसअघि बैंकले २५.७८ प्रतिशत लाभांश दिने भनेर प्रेस विज्ञप्ती जारी गरेको थियो, त्यो गलत हो ?

त्यसलाई गलत भन्न मिल्दैन । बैंकले ७५ करोड रुपैयाँ बराबरको बोनस सेयर दिने र सोमा लाग्ने करको ३ करोड ९५ लाख रुपैयाँ नगद लाभांश दिने निर्णय गरेको छ । उक्त लाभांश असार मसान्तको चुक्ता पूँजी ३ अर्ब ६ करोड रुपैयाँको २५.७८ प्रतिशत हुन्छ भनेर हामीले भनेका हौ । त्यसमा कुनै परिवर्तन भएको छैन । गत वर्षको नाफा त गत वर्षको पुँजीको आधारमा हेर्नुपर्छ नि ।

Share News