तीन वटा विकास बैंकको ६१ लाख कित्ता हकप्रद सेयर आउँदै

<p>काठमाडौं, १७ भदौ । तीन वटा विकास बैंकले ६१ लाख ७६ हजार ७ सय २२ कित्ता हकप्रद सेयर जारी गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले हकप्रद सेयर जारी गर्ने अनुमति दिएसँगै तीन वटा विकास बैंकले सो मात्रामा हकप्रद सेयर निष्काशन गर्न पाउने भएका हुन् । बोर्डले भदौ १५ गते एकै दिन मुक्तिनाथ विकास बैंक, [&hellip;]</p>

right-issueकाठमाडौं, १७ भदौ । तीन वटा विकास बैंकले ६१ लाख ७६ हजार ७ सय २२ कित्ता हकप्रद सेयर जारी गर्ने भएका छन् । नेपाल धितोपत्र बोर्डले हकप्रद सेयर जारी गर्ने अनुमति दिएसँगै तीन वटा विकास बैंकले सो मात्रामा हकप्रद सेयर निष्काशन गर्न पाउने भएका हुन् ।

बोर्डले भदौ १५ गते एकै दिन मुक्तिनाथ विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकलाई हकप्रद सेयर निष्काशन गर्ने अनुमति दिएको हो ।

मुक्तिनाथ विकास बैंकले २ बराबर एकको अनुपातमा ४१ लख ९२ हजार एक सय ६३ कित्ता हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको छ । त्यस्तै, मितेरी डेभलपमेन्ट बैंकले पनि २ बराबर एकको अनुपातमा १० लाख ५६ हजार ३ सय ६९ कित्ता हकप्रद सेयर निष्काशन गर्ने अनुमति पाएको हो ।

अरनिको डेभलपमेन्ट बैंकले १० बराबर ३ दशमलब ६ कित्ताको अनुपातमा ९ लाख २८ हजार एक सय ९० कित्ता हकप्रद जारी गर्ने अनुमति पाएको छ ।

मुक्तिनाथले एनआइबिएल क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ भने मितेरीले प्रभु क्यापिटल र अरनिकाले सिद्धार्थ क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ ।

८३ करोड ८४ लाख चुक्ता पुँजी रहेको मुक्तिनाथ विकास बैकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ३५ करोड ८८ लाख नाफा कमाएको थियो । बैंकको प्रति सेयर आम्दानी ४२ रुपैंयाँ ८० पैसा रहेको छ ।

२१ करोड १२ लाख चुक्ता पुँजी रहेको मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ९ करोड ७२ लाख नाफा कमाएको थियो । बैंकको प्रति सेयर आम्दानी ४६ रुपैंयाँ शुन्य २ पैसा रहेको छ ।

त्यस्तै, २५ करोड ७८ लाख चुक्ता पुँजी रहेको अरनिको डेभलपमेन्ट बैंकले गत आवको असार मसान्तसम्ममा ५ करोड ८४ लाख नाफा कमाएको छ । यसको प्रति सेयर आम्दानी २२ रुपैंयाँ ६८ पैसा रहेको छ ।

Share News