सिटिजन्स बैंकको सहायक कम्पनी सिबिआईएललाई मर्चेन्ट बैंकिङ कारोबार गर्न अनुमति

<p>काठमाडौं, १७ भदौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सहायक कम्पनी सिबिआईएल क्यापिटल लिमिटेडले मर्चेन्ट बैकिङ कारोबार गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले शुक्रबार सिबिआईएल क्यापिटललाई कारोबार गर्न अनुमति प्रदान गरेको सिबिआईएल क्यापिटलका अध्यक्ष गणेशराज पोखरेलले जानकारी दिए । १० करोड रुपैयाँ चुक्ता पुँजी भएको यस कम्पनीमा सिटिजन्स बैंक इन्टरनेशनलको ६७ प्रतिशत सेयर छ [&hellip;]</p>

गणेशराज पोखरेल

गणेशराज पोखरेल

काठमाडौं, १७ भदौ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको सहायक कम्पनी सिबिआईएल क्यापिटल लिमिटेडले मर्चेन्ट बैकिङ कारोबार गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले शुक्रबार सिबिआईएल क्यापिटललाई कारोबार गर्न अनुमति प्रदान गरेको सिबिआईएल क्यापिटलका अध्यक्ष गणेशराज पोखरेलले जानकारी दिए ।

१० करोड रुपैयाँ चुक्ता पुँजी भएको यस कम्पनीमा सिटिजन्स बैंक इन्टरनेशनलको ६७ प्रतिशत सेयर छ । ३३ प्रतिशत सेयर विभिन्न क्षेत्रको उद्योगी व्यवसायीहरुले लिएका छन् ।

नयाँ कम्पनीको अध्यक्षमा पोखरेल, सञ्चालकहरुमा आजाद श्रेष्ठ, बोधराज देवकोटा, रामधन श्रेष्ठ रहेको छन् । प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समिर दाहालले समाल्ने भएका छन् ।

यस कम्पनीले सेयर निश्काशन तथा बिक्री प्रबन्धक, सेयरधनी रजिष्ट्रशन, म्यूचल फण्ड लगायत धितोपत्र व्यवसायी गर्न अनुमति पाएको छ । कम्पनीले म्यूचल फण्ड निश्काशन गर्ने लक्ष्यका साथ काम शुरु गरिसकेको पोखरेलले जानकारी दिए ।

Share News