योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त, दीपकुमार र लीलामणि राजदूतमा सिफारिस

<p>काठमाडौँ, १६ भदौ। सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ। बिहीबारको बसेको मन्त्रिपरिषद् बठकले नेपाल राष्ट्र बैँकमा कार्यकारी निर्देशक पदमा कार्यरत श्रेष्ठलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी माओवादी निकट मानिन्छन् । मन्त्रिपरिषद्को आजको बैठकले भारतका लागि दीपकुमार उपाध्याय र चीनका लागि लीलामणि पौड्याललाई सिफारिश गरेको सरकारका प्रवक्ता सुरेन्द्र [&hellip;]</p>

काठमाडौँ, १६ भदौ। सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा डा. मीनबहादुर श्रेष्ठलाई नियुक्त गरेको छ। बिहीबारको बसेको मन्त्रिपरिषद् बठकले नेपाल राष्ट्र बैँकमा कार्यकारी निर्देशक पदमा कार्यरत श्रेष्ठलाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी माओवादी निकट मानिन्छन् ।

minman-deep-lilamani

मन्त्रिपरिषद्को आजको बैठकले भारतका लागि दीपकुमार उपाध्याय र चीनका लागि लीलामणि पौड्याललाई सिफारिश गरेको सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले बताए।

उपाध्याय यसअघि पनि भारतका राजदूत रहेकोमा केपी ओली सरकारले उनलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। पौड्याल पूर्व मुख्य सचिव हुन्।

त्यसैगरी बैठकले प्रधानमन्त्रीका आर्थिक सल्लाहकारमा डा.श्रीराम पौडेल, परराष्ट्र सल्लाहकारमा डा ऋषि अधिकारी नियुक्त गरेको छ ।

त्यस्तै, बैठकले प्रतिनिधि सभा, प्रदेश सभा र राष्ट्रिय सभा निर्वाचनका लागि विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ।

Share News