काठमाडौं, १६ भदौ । नेपाल टेलिकमले जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ताहरुका लागि शुभरात्री फेस्टिभल अफरको रुपमा शुभरात्री प्याकेज ल्याउने भएको छ । यो अफर राती ११ बजेदेखि विहान ५ बजेसम्म प्रयोग गर्न सकिने छ ।

कम्पनीका अनुसार उपभोक्ताले ५०० एमबी डाटा सब्सक्राइब गर्नका लागि SPECIAL500MB र १२०० एमबी डाटा सब्सक्राइब गर्नका लागि SPECIAL1200MB लेखेर १४१५ मा एसएमएस पठाउनु पर्ने छ ।
उपरोक्त महसुल दरमा नियमानुसार लाग्ने कर समावेश गरिएको छैन । उक्त अफर आगामी भदौ १८ गतेदेखि असोज १ गते (१५ दिन) सम्म लागू हुने कम्पनीले जनाएको छ ।