बिहीबार पनि बढ्यो सेयर बजार, नेप्से परिसूचकले नाघ्यो १८ सय

<p>काठमाडौं, १६ साउन । यो साता लगातार सेयर बजार बढेको छ । बिहीबार पनि नेप्से परिसूचक ७ दशमलब ७३ अंकले बढेर १८०५ दशमलब १८ अंकमा पुगेको छ । यो साताभरिकै उच्च अंक हो । सो दिन १४४ कम्पनीको १७ लाख ९९ हजार कित्ता सेयर १ अर्ब ३५ करोड ४३ लाख रुपैयाँमा किनबेच भएको छ । [&hellip;]</p>

nepse_thursdayकाठमाडौं, १६ साउन । यो साता लगातार सेयर बजार बढेको छ । बिहीबार पनि नेप्से परिसूचक ७ दशमलब ७३ अंकले बढेर १८०५ दशमलब १८ अंकमा पुगेको छ । यो साताभरिकै उच्च अंक हो । सो दिन १४४ कम्पनीको १७ लाख ९९ हजार कित्ता सेयर १ अर्ब ३५ करोड ४३ लाख रुपैयाँमा किनबेच भएको छ । आज कारोबार रकममा भने गिरावट भएको छ ।

बिहीबार बजारमा नेपाल इन्भेष्टमेन्ट बैंकको सबैभन्दा बढी ११ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन बैंकको सेयर मूल्य १ हजार ८५ रुपैयाँ रहेको छ । त्यस्तै, नेपाल बङ्गलादेश बैंक, माछापुछ्रे  बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र एनएमबी बैंकको करिब ५ करोड बढी रुपैयाँमा सेयर किनबेच भएको छ ।

सो दिन विकास बैंक, बैंकिङ् र फाइनान्स समूहको परिसूचक बाहेक अन्य बाकी समूहको परिसूचक ओरालो लागेका छन् । विकास बैंक, बैंकिङ् र फाइनान्स समूहको परिसूचक क्रमशः २२, ११ र ४ अंकले बढेको छ । सबैभन्दा बढी बीमा इन्स्योरेन्सको परिसूचक २४ अंकले घटेको छ । त्यस्तै, हाइड्रोपावर समूहको २० अंकले बढेको छ भने अन्य ३ समूहको परिसूचक सामान्य अंकले घटेको छ ।

सो दिन सबैभन्दा बढी साइन रेसुङ्गा डेभलपमेन्ट बैंकका लागानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । त्यस्तै, त्रिभेणी विकास बैंक र अरनिको डेभलपमेन्ट बैंकका लागानीकर्ताले करिब ९ प्रतिशत कमाएका छन् । सबैभन्दा बढी प्रोगेसिभ फाइनान्सका लागानीकर्ताले करिब ६ प्रतिशत गुमाएका छन् ।

Share News