काठमाडौं, १६ भदौ । गुडविल फाइनान्सले २५ प्रतिशत बोनस सेयर दिने भएको छ । १५ भदौमा बसेको कम्पनीको संचालक समितिले गत बर्षको नाफावाट सो बोनस सेयर दिने प्रस्ताव गरेको हो ।
संचालक समितिले गरेको सो प्रस्ताव राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी बार्षिक साधारणसभाले पारित गरेपछि कार्यान्वयन हुनेछ ।