जलविद्युत, उद्योग, व्यापार, होटल र अन्य समूहका कम्पनीको हकप्रद र एफपीओ निश्काशनमा रोक, नयाँ नियम बन्दै

<p>काठमडौं, १५ । जलविद्युत, होटल, उद्योग, व्यापार लगायत प्रत्यक्ष नियमनकारी निकाय नभएको कम्पनीहरुको हकप्रद तथा फरदर पब्लिक अफरिङ (एफपिओ) निश्काशन गर्न तत्कालका लागि नेपाल धितोपत्र बोर्डले रोक लगाएको छ । बोर्डले ‘जलविद्युत लगायत प्रत्यक्ष नियमनकारी निकाय नभएको कम्पनीहरुको हकप्रद तथा फरदर पब्लिक अफरिङ व्यवस्थित गर्न नीतिगत व्यवस्था गर्न लागिएको भन्दै नयाँ व्यवस्था लागू नभएसम्म ती [&hellip;]</p>

काठमडौं, १५ । जलविद्युत, होटल, उद्योग, व्यापार लगायत प्रत्यक्ष नियमनकारी निकाय नभएको कम्पनीहरुको हकप्रद तथा फरदर पब्लिक अफरिङ (एफपिओ) निश्काशन गर्न तत्कालका लागि नेपाल धितोपत्र बोर्डले रोक लगाएको छ । बोर्डले ‘जलविद्युत लगायत प्रत्यक्ष नियमनकारी निकाय नभएको कम्पनीहरुको हकप्रद तथा फरदर पब्लिक अफरिङ व्यवस्थित गर्न नीतिगत व्यवस्था गर्न लागिएको भन्दै नयाँ व्यवस्था लागू नभएसम्म ती क्षेत्रका कम्पनीले हकप्रद तथा एफपीओ मार्फत पुँजी वृद्धि गर्न रोक लगाएको हो ।

अहिलेसम्म त्यस्ता कम्पनीहरुको प्राथमिक निश्कासनमा नीतिगत व्यवस्था भएपनि हकप्रद र एफपिओमा कुनै मापदण्ड छैन । बोर्डले सोमबार विज्ञ सहित रहने गरी जलविद्युत लगायतका कम्पनीको हकप्रद तथा एफपिओ मार्फत पूँजी बृद्धि गर्दा पूरा गर्नुपर्ने मापदण्डहरु सिफारिश गर्न समिति गठन गरेको छ । समितिलाई एक महिनाभित्र सिफारिस पेश गर्न समय तोकिएको छ ।

धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०६५ को नियम ७ को उपनियम ६ मा बैंक, वित्तीय संस्था वा बीमा कम्पनी बाहेकका अन्य सार्वजनिक निष्काशन गर्ने संगठित संस्थाहरुले सार्वजनिक निष्काशन गर्दा पूरा गर्नुपर्ने मापदण्डहरु उल्लेख छ । तर हकप्रद शेयर निष्काशन तथा फर्दर पब्लिक इस्यू सम्बन्धमा आवश्यक मापदण्ड भने उल्लेख छैन ।

त्यस्ता सूचिकृत संगठित संस्थाहरुले हकप्रद शेयर निष्काशन तथा फर्दर पव्लिक इस्यू मार्फत पूँजी बृद्धि गर्दा पूरा गर्नुपर्ने मापदण्डहरु तयार गरी हकप्रद शेयर निष्काशन कार्यलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन नीतिगत व्यवस्था गर्न लागिएको पनि बोर्डले जनाएको छ ।

समितिले प्रत्यक्ष नियमनकारी निकाय नभएको सूचिकृत संगठित संस्थाहरुले हकप्रद शेयर निष्काशन तथा फर्दर पव्लिक इस्यू मार्फत पूँजी बृद्धि गर्दा पूरा गर्नुपर्ने मापदण्डहरु सम्बन्धमा स्पष्ट नीतिगत व्यवस्था सिफारिश गर्नेछ ।

Share News