काठमाडौं १५, भदौ । सूर्योदय लघुवित्त वित्तीय संस्थाको साधारण शेयरको आवेदन दिने मिति आजसम्म रहेको छ ।
प्रति शेयर एक सय रुपैयाँ अंकित एक लाख २० हजार कित्ता साधारण शेयरको निष्काशन तथा विक्री खुला गरेको यो संस्थाले आवश्यकता भन्दा बढी आवेदन पर्न आएका कारण आज बुधबार बैकिङ समयपछि शेयर आवेदनको दरखास्त बन्द गर्ने जानकारी दिएको छ ।

यो कम्पनीले ६ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ४८ सय कित्ता शेयर कर्मचारीको लागि सुरक्षित गरेको छ । बाँकी एक लाख नौ हजार दुई सय कित्ता शेयर सर्वसाधारणबाट आवेदन माग गरेको हो ।
सूर्योदयको शेयरको लागि धितोपत्र निष्कासन तथा विक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।