अपराधी नउडाउने भन्दै फर्काइदियो इतिहादले

<p>काठमाडौं १५, भदौ । काठमाडौं–गृह मन्त्रालयले निष्कासन डिपोर्ट गर्ने निर्णय गरेको एक पाकिस्तानी नागरिकलाई इतिहाद एयरलाइन्सले बोडिङ पास नदिई फर्काइदिएको छ । निष्कासित यात्रुको उडानबारे अध्यागमन विभागले समयमै समन्वय नगरेको भन्दै इतिहादले ती पाकिस्तानीलाई फर्काइदिएको हो । विभागले भने सम्बन्धित एयरलाइन्सको टिकट खरिद गरीसकेको अवस्थामा कुनै यात्रुबारे जानकारी गराउन जरुरी नभएको दाबी गरेको छ । [&hellip;]</p>

काठमाडौं १५, भदौ । काठमाडौं–गृह मन्त्रालयले निष्कासन डिपोर्ट गर्ने निर्णय गरेको एक पाकिस्तानी नागरिकलाई इतिहाद एयरलाइन्सले बोडिङ पास नदिई फर्काइदिएको छ ।ethiad-air

निष्कासित यात्रुको उडानबारे अध्यागमन विभागले समयमै समन्वय नगरेको भन्दै इतिहादले ती पाकिस्तानीलाई फर्काइदिएको हो ।

विभागले भने सम्बन्धित एयरलाइन्सको टिकट खरिद गरीसकेको अवस्थामा कुनै यात्रुबारे जानकारी गराउन जरुरी नभएको दाबी गरेको छ ।

चोरी मुद्दामा जेल सजाय भागेका पाकिस्तानी नागरिक राना गणेशबहादुरलाई विभागको सिफारिसमा गृह मन्त्रालयले एक वर्ष अवधिभर नेपाल आउन नपाउने गरी निष्कासन गर्ने निर्णय गरेको थियो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

Share News