काठमाडौं, १३ भदौ । सिद्धार्थ क्यापिटलले सेयरधनीलाई ४६ प्रतिशत नगद लाभांश दिने भएको छ । क्यापिटलले सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम १ मा लगानी गर्ने लगानीकर्तालाई ३० प्रतिशत नगद लाभांश दिने भएको छ । साथै, सिद्धार्थ क्यापिटलले सिद्धार्थ इक्विटी ओरिन्टेड स्किममा लागानी गर्ने लगानीकर्तालाई पनि १६ प्रतिशत नगद लाभांश दिने भएको छ ।
उक्त निर्णय आइतबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । सिद्धार्थ क्यापिटलले जारी गरेको ५ करोड लाख कित्ता सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम १ नेप्सेमा सूचिकृत छ । प्रतिकित्ता १० रुपैयाँ अंकित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ हाल प्रतिकित्ता करिब २८ रुपैयाँमा कारोबार हुँदै आएको छ ।
त्यस्तै, सिद्धार्थ क्यापिटलले जारी गरेको १० करोड लाख कित्ता सिद्धार्थ इक्विटी ओरिन्टेड स्किम नेप्सेमा सूचिकृत छ । प्रतिकित्ता १० रुपैयाँ अंकित सिद्धार्थ इक्विटी ओरिन्टेड हाल प्रतिकित्ता करिब १५ रुपैयाँमा कारोबार हुँदै आएको छ ।