दुधकोशी जलविद्युत् आयोजना ईआईए सर्वेक्षणमा, १०२ मेवाको आयोजना निर्माण तयारी

<p>काठमाडौं १३, भदौ । एक सय दुई मेगावाटको दुधकोशी जलविद्युत् आयोजनाले वातावरणीय प्रभाव मुल्यांकन (ईआईए)को सर्वेक्षण सुरु गर्ने भएको छ । यो आयोजनाले ईआईए प्रतिवदेन तयार गर्न क्षेत्र निर्धारण सम्बन्धि १५ दिने सूचना जारी गरेको छ । यो सूचना अनुसार यस आयोजनाले १५ दिन भित्र आयोजना प्रभावित क्षेत्रका स्थानियसँग आवश्यक रायसुझाव पनि माग गरेको छ [&hellip;]</p>

काठमाडौं १३, भदौ । एक सय दुई मेगावाटको दुधकोशी जलविद्युत् आयोजनाले वातावरणीय प्रभाव मुल्यांकन (ईआईए)को सर्वेक्षण सुरु गर्ने भएको छ । यो आयोजनाले ईआईए प्रतिवदेन तयार गर्न क्षेत्र निर्धारण सम्बन्धि १५ दिने सूचना जारी गरेको छ । hydro

यो सूचना अनुसार यस आयोजनाले १५ दिन भित्र आयोजना प्रभावित क्षेत्रका स्थानियसँग आवश्यक रायसुझाव पनि माग गरेको छ । यो आयोजनाले वातावरण संरक्षण निमामावली २०५४ अनुसार ईआईए तयार गरी जनसंख्या तथा वातावरण मन्त्रालयमा प्रतिवदेन पेश गर्नुपर्ने प्रावधान रहेको छ ।

यस्तो प्रतिवदेन तयार पार्न अयोजना प्रभावित क्षेत्र सोलुखुम्बुको बासा, वाकु, काकु र जुबिन गाविसका स्थानियलाई पर्ने प्रभावको जानकारी तथा सुझाव मागिएको छ ।

आयोजना कार्यान्वयनमा जाँदा स्थानियमा पर्ने असर तथा प्रभाव उल्लेख गर्न सूचना जारी गरिएको छ । यो आयोजनाले सामाजिक, आर्थिक तथा सांस्कृतिक प्रणाली, जैविक प्रणाली, भौतिक प्रणाली र मानवीय कृयाकलाप यिनको अवयवहरुको अन्तरक्रिया तथा अन्तरसम्बन्धको बारेमा १५ दिन भित्र सुझाव माग गरेको छ ।

यस्तो सुझाव विद्युत् विकास विभाग अनामनगर वा आयोजनाको परामर्शदाता सिल्ट इन्साइट राजदेबी जेभीको कार्यालय रातोपुलमा पेश गर्न आग्रह गरिएको छ ।

Share News