आईएमई अध्यक्षद्वारा नेपालमा लगानी गर्न गैर आवासीय नेपालीलाई आग्रह

<p>काठमाडौं, १२ भदौ । आईएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले अमेरिका स्थित न्यू जर्सीमा यहि २७ अगष्टदेखि शुरु भएको गैर आवासीय नेपाली संघको नवौं क्षेत्रीय सम्मेलनलाई नेपाल उद्योग बाणिज्य महासंघ तथा नेपालको समग्र नीजि क्षेत्रको तर्फबाट सम्बोधन गरेका छन् । उक्त उद्घाटन सत्रमा मन्तब्य व्यक्त गर्दै अध्यक्ष ढकालले राजनीतिक स्थायित्वपछि मात्र नेपालमा लगानी गरौंला भनेर [&hellip;]</p>

काठमाडौं, १२ भदौ । आईएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले अमेरिका स्थित न्यू जर्सीमा यहि २७ अगष्टदेखि शुरु भएको गैर आवासीय नेपाली संघको नवौं क्षेत्रीय सम्मेलनलाई नेपाल उद्योग बाणिज्य महासंघ तथा नेपालको समग्र नीजि क्षेत्रको तर्फबाट सम्बोधन गरेका छन् ।

NRN_conferenceउक्त उद्घाटन सत्रमा मन्तब्य व्यक्त गर्दै अध्यक्ष ढकालले राजनीतिक स्थायित्वपछि मात्र नेपालमा लगानी गरौंला भनेर प्रतीक्षा नगर्न सबै गैर आवासीय नेपालीलाई अनुरोध गरेका छन् । सबै राजनीतिक दल र सरकारले देशको आर्थिक विकासमा प्रतिवद्वता व्यक्त गर्दै आएकाले पनि नेपालमा लगानी गर्नुपर्ने धारणा उनले राखेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको अन्तराष्ट्रिय तथा गैर आवासीय नेपाली लगानी प्रवर्द्धन समितिका सभापति समेत रहेका अध्यक्ष ढकालले आफुले गैर आवासीय नेपाली सम्मेलनमा निरन्तर सहभागिता जनाउँदै आएको बताए । साथै, नेपालको नीजि क्षेत्र गैर आवासीय नेपालीहरुसँग सहकार्य गरी देशको आर्थिक विकास गर्न तयार रहेको उनले बताए । अगष्ट २७ र २८ गरी दुई दिन चलेको उक्त सम्मेलनमा नेपाल सरकारका उच्चपदस्थ कर्मचारीहरु, उधोगपति एवं एनआरएन पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

Share News