प्रधानमन्त्रीको भारत भ्रमणमा खुला आकास सम्झौता, हिमालयन रुट २ प्राथमिकतामा

<p>काठमाडौं १२ भदौ । प्रधानमन्त्रीको आगामी भारत भ्रमणका बेला हवाई मार्गको विस्तारको सम्झौता हुने भएको छ । नेपालका निर्माणाधीन विमानस्थल सञ्चालनका लागि अनिवार्य मानिएको खुला आकाश सम्झौता गर्न भारत तयार देखिएकोले पनि प्रधामन्त्रीको भ्रमणमा आकास मार्गको प्रस्ताव प्राथमिकतामा पर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को आसन्न भारत भ्रमणका क्रममा यो सम्झौता गर्ने तयारी भइरहेको [&hellip;]</p>

काठमाडौं १२ भदौ । प्रधानमन्त्रीको आगामी भारत भ्रमणका बेला हवाई मार्गको विस्तारको सम्झौता हुने भएको छ । नेपालका निर्माणाधीन विमानस्थल सञ्चालनका लागि अनिवार्य मानिएको खुला आकाश सम्झौता गर्न भारत तयार देखिएकोले पनि प्रधामन्त्रीको भ्रमणमा आकास मार्गको प्रस्ताव प्राथमिकतामा पर्ने भएको छ । pm_prachanda

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को आसन्न भारत भ्रमणका क्रममा यो सम्झौता गर्ने तयारी भइरहेको संस्कृति पर्यटन तथा नगरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ ।

भैरवाह विमानस्थल निर्माणले गति लिइरहे पनि यो सम्झौता नहुँदा यसको भविश्य नै अन्योलमा परेको थियो।
सम्झौता गर्न भारतले आलटाल गर्दै आए पनि पछिल्लो समय सकारातमक देखिएपछि पर्यटन मन्त्रालयले परराष्ट्रमार्फत गत साता भारतलाई पत्र पठाएको छ।

प्रधानमन्त्री प्रचण्ड भदौ अन्तिम साता नयाँ दिल्ले जाने सहमति भए पनि औपचारिक टुंगो भने लागिसकेको छैन। प्रधानमन्त्रीको भारत भ्रमणमा नेपालको सबैभन्दा सम्भावना रहेको पूर्वदेखि पश्चिमसम्मकै हवाई मार्ग हिमायन २ प्राथमिकतामा पर्ने भएको छ ।
यो रुटको सम्झौता भएमा नेपालको बाटो हुँदै विभिन्न अन्तर्राष्टिय वायुसेवाको उडान हुने छ । यो उडानबाट नेपालले हरेक उडानबाट आकास मार्ग प्रयोगको रोयल्टी पाउँने छ ।

Share News