काठमाडौं १२, भदौ । काठमाडौं उपत्यकाभित्रको जीर्ण प्रणालीका कारण उपलव्ध विद्युत वा आयात गरिएका विजुलीको वितरणमै समस्या देखिन थालेको छ ।

स्वदेशकै आयोजनाबाट विद्युत उत्पादन हुँदै जान थालेको भएपनि उपत्यकाको वर्तमान संरचनाले नधान्ने अवस्था देखिएको विद्युत प्राधिकरण स्रोतले जनाएको छ ।
मागको आधारमा आवश्यक वितरण प्रणाली सुधार नगर्दा प्राधिकरणको वर्तमान प्रणालीबाट थप विजुली वितरण गर्न कठिनाइ हुने देखिएको छ ।
आगमी हिउँदमा भारतबाट ढल्केबर मुज्जजफुफ्पुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात भइरहेको ८० भेगावाटसहित २ सय मेगावट विद्युत काठमाडौं ल्याउने तयारी छ ।
यसका लागि उर्जा मन्त्रालयले द्रुतगतिमा पूर्वाधानर निर्माण अघि बढाइरहेको बेला काठमाडौं भित्रकै वितरण प्रणाली भने कमजोर देखिएको हो ।