८ अर्ब रुपैयाँभन्दा बढीको हकप्रद निस्कासनको अनुमति माग्दै बोर्डमा निवेदन (कुन कम्पनीको कति आउदै छ हकप्रद ?)

<p>काठमाडौं, १० भदौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीले ८ अर्ब रुपैयाँभन्दा बढीको हकप्रद सेयर निस्कासनको अनुमति माग्दै धितोपत्र वोर्डमा निवेदन दिएका छन् । खासगरी बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले हकप्रद निस्कासनको अनुमति मागेका हुन् । केही जलविद्युत कम्पनीले पनि हकप्रद निस्कासनको अनुमति मागेका धितोपत्र वोर्डले जानकारी दिएको छ । बोर्डले [&hellip;]</p>

काठमाडौं, १० भदौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत कम्पनीले ८ अर्ब रुपैयाँभन्दा बढीको हकप्रद सेयर निस्कासनको अनुमति माग्दै धितोपत्र वोर्डमा निवेदन दिएका छन् ।

खासगरी बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले हकप्रद निस्कासनको अनुमति मागेका हुन् । केही जलविद्युत कम्पनीले पनि हकप्रद निस्कासनको अनुमति मागेका धितोपत्र वोर्डले जानकारी दिएको छ ।

बोर्डले दिएको जानकारीअनुसार लक्ष्मी लघुवित्त संस्थाले १ बराबर १ कित्ताको दरले हकप्रद निष्कासनको अनुमति माग्दै गत २१ वैशाखमा बोर्डमा निवेदन दिएको छ । उसले १ बराबर १ कित्ताको दरले हकप्रद निष्कासन गर्ने अनुमति माग गरेको हो । लक्ष्मीले ११ लाख कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

हिमालयन बैंकले ७ बराबर १ कित्ताको दरले हकप्रद सेयर निष्कासनको अनुमति माग्दै गत २७ वैशाखमा निवेदन दिएको छ । बैंकले ६४ लाख २७ हजार ३ सय ५० कित्ता हकप्रद सेयर निष्कासनको अनुमति मागेको हो ।

अपी पावर कम्पनीले १ बराबर २ कित्ताको दरले हकप्रद निष्कासनको अनुमति माग्दै गत २७ वैशाखमै निवेदन दिएको थियो । अपीले २ करोड कित्ता हकप्रद निष्कासन गर्ने अनुमति मागेको हो ।

सेती फाइनान्सले गत ३१ जेठमा १ बराबर डेढ कित्ताको दरले हकप्रद जारी गर्न अनुमति मागेको छ । सेतीले ९ लाख ५१ हजार ७ सय ८६ कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो ।

ललितपुर फाइनान्सले गत १४ असारमा १ बराबर १ कित्ताको दरले हकप्रद निष्कासन गर्न माग गर्दै बोर्डमा निवेदन दिएको छ । ललितपुरले १८ लाख ७९ हजार ४ सय ५३ कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो ।

नागबेली लघुवित्त विकास बैंकले २ बराबर १ कित्ताको दरले हकप्रद निष्कासनको अनुमति माग्दै गत १६ असारमा बोर्डमा निवेदन दिएको थियो । नागबेलीले १ लाख २५ हजार कित्ता हकप्रद सेयर निष्कासनको माग गरेको हो ।

अरनिको डेभलपमेन्ट बैंकले १० बराबर ३.६ कित्ताको दरले हकप्रद निष्कासनको अनुमति माग्दै गत १९ असारमा बोर्डमा निवेदन दिएको थियो । अरनिकोले ९ लाख २८ हजार १ सय ९० कित्ता सेयर निष्कासनको अनुमति मागेको हो ।

सप्तकोसी डेभलपमेन्ट बैंकले १ बराबर १ कित्ताको दरले हकप्रद निष्कासनको माग गर्दै गत २० असारमा बोर्डमा निवेदन दिएको थियो । सो बैंकले १० लाख कित्ता हकप्रद सेयर निष्कासनको अनुमति मागेको हो ।

सेवा विकास बैंकले १ बराबर १.२ कित्ताको दरले हकप्रद सेयर निष्कासनको अनुमति माग्दै गत २० असारमा बोर्डमा निवेदन दिएको छ । सेवाले ५१ लाख ६ हजार ६ सय ६२ कित्ता हकप्रद सेयर निष्कासनको अनुमति मागेको हो ।

मुक्तिनाथ विकास बैंकले २ बराबर १ कित्ताको दरले हकप्रद सेयर निष्कासन गर्ने अधिकार दिन भन्दै गत २६ असारमा बोर्डमा निवेदन दिएको छ । मुक्तिनाथले ४१ लाख ९२ हजार १ सय ६३ कित्ता सेयर हकप्रद निष्कासनको अनुमति मागेको हो ।

मितेरी डेभलपमेन्ट बैंकले २ बराबर १ कित्ताको दरले हकप्रद निष्कासनको माग गर्दै गत २६ असारमा बोर्डमा निवेदन दिएको थियो । मितेरीले १० लाख ५६ हजार ३ सय ६९ कित्ता हकप्रद सेयर निष्कासनको अनुमति मागेको हो ।

एनएमबी माइक्रो फाइनान्सले १ बराबर १.२ कित्ताको दरले हकप्रद सेयर निष्कासनको माग गर्दै गत ५ साउनमा बोर्डमा निवेदन दिएको छ । उसले ५ लाख ५२ हजार कित्ता हकप्रद सेयर निष्कासनको अनुमति माग गरेको हो ।

सिद्धार्थ बैंकले ४ बराबर १ कित्ताको दरले हकप्रद सेयर निष्कासनको अनुमति माग्दै गत ६ साउनमा बोर्डमा निवेदन दिएको छ । सिद्धार्थले ७५ लाख ५५ हजार १ सय ९३ कित्ता हकप्रद सेयर निष्कासनको अनुमति मागेको हो ।

त्रिवेणी विकास बैंकले २ बराबर १ कित्ताको दरले हकप्रद निष्कासनको माग गर्दै गत १० साउनमा निवेदन दिएको छ । त्रिवेणीले ८२ लाख १ सय ५२ कित्ता हकप्रद सेयर निष्कासनको अनुमति मागेको हो ।

नेको इन्स्योरेन्स कम्पनीले १ बराबर १ कित्ताको दरले हकप्रद सेयर निष्कासनको अनुमति माग्दै गत १२ साउनमा बोर्डमा निवेदन दिएको छ । नेकोले ३२ लाख ४० हजार ४ सय ३६ कित्ता हकप्रद सेयर निष्कासनको अनुमति मागेको हो ।

कञ्चन डेभपलमेन्ट बैंकले २ बराबर १ कित्ताको दरले हकप्रद निष्कासनको माग गर्दै गत २४ साउनमा बोर्डमा निवेदन दिएको छ । कञ्चनले ९ लाख ९० हजार कित्ता हकप्रद सेयर निष्कासनको माग गरेको हो ।

कैलाश विकास बैंकले ५ बराबर १ कित्ताको दरले हकप्रद सेयर निष्कासनको अनुमति माग्दै गत ३० साउनमा बोर्डमा निवेदन दिएको छ । कैलाशले ३१ लाख ६० हजार ६ सय ७२ कित्ता हकप्रद निष्कासनको अनुमति मागेको हो ।

काष्ठमाण्डप डेभलमेन्ट बैंकले ४ कित्ता बराबर १ कित्तको दरले हकप्रद सेयर निस्कासनको अनुमति माग्दै बोर्डमा निवेदन दिएको छ । बैंकले गत ३१ साउनमा बोर्डमा निवेदन दिएको हो । उसले १६ लाख ९९ हजार ७ सय ४१ कित्ता हकप्रद सेयर निस्कासनको अनुमति मागेको हो ।

यस्तै सिद्धार्थ इन्स्योरेन्स कम्पनीले पनि ४ बराबर १ कित्ताको दरले हकप्रद सेयर निस्कासनको अनुमति माग्दै गत ३२ साउनमा बोर्डमा निवेदन दिएको छ । उसले ८ लाख ६२ हजार १ सय २५ कित्ता हकप्रद निस्कासनको अनुमति मागेको हो ।

Share News