काठमाडौ, १० भदौ । नेपालबाट हुन्डीमार्फत वार्षिक ६० करोड रुपैयाँ मलेसियामा मात्रै जाने गरेको छ । मलेसियाको माइग्राम र बेस्टिनेट कम्पनीका नाममा एक वर्षमा ६० करोड नेपाली रुपैयाँ बाहिरिने गरेको पाइएको छ ।
हुन्डी कारबार नै गैरकानुनी हुँदासमेत यति ठूलो रकम बाहिरिने गरेको तथ्य सार्वजनिक भएको छ । यसले बैदेशिक रोजगारीमा हुन्डी कारोबार फस्टाएको पुष्टि गरिरहेको देखिएको छ ।
मलेसिया जाने कामदारको बायोमेट्रिक स्वस्थ्य परीक्षण प्रणाली लागू गरिएको छ । एकपटक बन्द भएर पुनः सुचारु भएको मलेसियमा मात्रै वार्षिक दुई लाख नेपाली रोजगारीका लागि पुग्ने गरेका छन ।
यहाँ जाने हरेक नेपालीसँग ३० अमेरिकी डलरका दरले अशुल गर्दा पनि ६० करोड रुपैयाँ हुने गरेको उल्लेख छ । पछिल्लो समय मलेसिया जाने कामदारको संख्यामा गिरावट आएको छ । घटेकै संख्यामा हिसाव गर्ने हो भने पनि औषतमा २० करोड रुपैयाँ भन्दा बढी रकम स्वस्थ्य परीक्षणका लागि अनलाइन दर्ताकै नाममा हुन्डीमार्फत पैसा मलेसिया पुगेको हो । समाचार स्रोत: अन्नपूर्ण पोस्ट ।