काठमाडौं, १० भदौ । सिटिजन्स बैंक इन्टरनेशन लिमिटेडले ७ लाख ५ हजार ७१७ कित्ता सेयर बिक्रीमा राखेको छ । सर्वसाधारण सेयर ६ लाख २८ हजार ४१ कित्ता र संस्थापक सेयर ७७ हजार ६७६ कित्ता रहेको बिक्रीमा राखेको बैंकले जनाएको छ ।
बजारमा प्रतिकित्ता करिव ७ सय रुपैयाँमा कारोबार भईरहेको यो बैंकको सेयर प्रतिकित्ता न्यूनतम १०० राखेर बढाबढ मूल्यमा बोलपत्र आह्वान गरिएको छ ।
बैंकका अनुसार सेयर खरिदको लागि भदौ २४ देखि ३१ गतेसम्ममा आवेदन गर्न सकिने छ । आवेदकले न्यूनतम १०० कित्ता र बढीमा सबै सेयर लिन आवेदन गर्न सक्ने छन् ।
यस बैंकले गत असार ५ देखि साउन ९ गतेसम्म हकप्रद सेयर खरिदको लागि खुला गरेको थियो । सो अवधिमा आवेदन नभएको हकप्रद सेयर बैंकले बिक्री गर्न लागेको हो । बैंकको सेयर बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।