काठमाडौं १०, भदौं ।
![]()
तस्बिरः शिब दाहालको ट्विटरबाट
गौरबाट पोखरा जाँदै गरेको एउटा यात्रुबाहक बस त्रिशूलीमा दुर्घटना हुँदा कम्तिमा २० जनाको ज्यान गएको छ।
ग १ ख ३७०९ नम्बरको बस मुग्लिनको कालीखोला क्षेत्रबाट त्रिशूली नदीमा खसेको प्रहरीले जानकारी दिएको छ।
घटनास्थलमा रहेका एसपी बसन्त कुँवरका अनुसार २० जनाको शव बाहिर निकालिएको छ। १२-१३ जनालाई उपचारको लागि भरतपुर पठाइएको छ।
प्रहरीका अनुसार धेरै जनाको हताहत भएपनि यकिन भएको छैन।
बिहान ४ बजे गस्तीमा निस्किएको बेलामा प्रहरी टोलीले नदीमा तैरिरहेको बस देखिएको थियो।
स्थानीयबासी प्रहरी र सशस्त्र प्रहरीले उद्धार गरी घाइतेलाई अस्पताल पठाउने काम भइरहेको छ।
बसको केही भागमात्र नदीबाहिर देखिएको थियो। हताहतीको संख्या धेरै रहेको अनुमान प्रहरीको छ ।
थप विवरण आउन बाँकी छ।