काठमाडौं १०, भदौ । पुष्कमल दाहाल प्रधानमन्त्री बनेको तीन सातापछि सत्ता साझेदार कांग्रेसले आफ्नो पाटिको तर्फबाट मन्त्री हुनेको नामावली टुंगो लगाएको छ । कांग्रेसले मन्त्रीको नाम छनोट गरेकोले आज शुक्रबार विहानै सपथ हुने बताइएको छ ।
कांग्रेसभित्रकै लामो आन्तरिक किचलोपछि नेपाली कांग्रेसले मन्त्रीहरुको सूचीलाई अन्तिम रूप दिएको हो ।
योसँगै पुष्पक
मल दाहाल नेतृत्व सरकारमा कांग्रेसको भागमा १५ मन्त्रालय परेका छन्। यसअघि १३ मन्त्रालय दिने समझदारी भए पनि आन्तरिक भागबन्डा मिलाएर मन्त्रालय थपिएको छ।
जसमध्ये पार्टी सभापति देउवाको भागमा ८, वरिष्ठ नेता रामचन्द्र पौडेलको भागमा ५, कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्काको भागमा एकएक मन्त्रालय परेका छन् । बिहीबार मन्त्रीहरुको नाम प्रधानमन्त्रीलाई बुझाइएकोले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेर सपथ गराउने तयारी भइरहेको छ।
को को थपिए मन्त्रीको लिष्टमा
अर्जुननरसिंह केसी — सहरी विकास
प्रकाशशरण महत — परराष्ट्र
बालकृष्ण खाँड — रक्षा
सूर्यमान गुरूङ — श्रम तथा रोजगार
केशवकुमार बुढाथोकी — सामान्य प्रशासन
रोमी गौचन थकाली — वाणिज्य
सीतादेवी यादव — शान्ति तथा पुनर्थापना
जीवनबहादुर शाही — पर्यटन
दीपक गिरी — सिँचाइ
नवीन्द्रराज जोशी — उद्योग
शंकर भण्डारी — वन
गगन थापा — स्वास्थ्य
हृदयराम थानी — सहकारी तथा गरिबी निवारण