गुगल र उवरलाई पछाडि पार्दै सिंगापुरमा चल्यो विश्वको पहिलो सेल्फ ड्राइभिङ ट्याक्सी

<p>काठमाडौं ९ भदौ। सिंगापुरको नुटोनोमी डिब्ट्स अटोनोमस क्यावले विश्वका ठूलाठूला टेक कम्पनीहरुलाई उछिन्दै सडकमा आफैं चल्ने (सेल्फ ड्राइभिङ) कार/ट्याक्सी विहिवार सफलतापुर्वक लन्च गरेको  छ। उसले अमेरिकाका विश्वविख्यात टेक कम्पनी उवर र गुगललाई उछिनेको हो। विश्वबजारमा कसले सवैभन्दा पहिले सेल्फ ड्राइभ ट्याक्सी दौडाउने भन्ने होड चलिरहेका बेला सिंगापुरको यो कम्पनीले सफलता हात पारेको हो। यसअघि गुगल [&hellip;]</p>

काठमाडौं ९ भदौ। सिंगापुरको नुटोनोमी डिब्ट्स अटोनोमस क्यावले विश्वका ठूलाठूला टेक कम्पनीहरुलाई उछिन्दै सडकमा आफैं चल्ने (सेल्फ ड्राइभिङ) कार/ट्याक्सी विहिवार सफलतापुर्वक लन्च गरेको  छ। उसले अमेरिकाका विश्वविख्यात टेक कम्पनी उवर र गुगललाई उछिनेको हो।

विश्वबजारमा कसले सवैभन्दा पहिले सेल्फ ड्राइभ ट्याक्सी दौडाउने भन्ने होड चलिरहेका बेला सिंगापुरको यो कम्पनीले सफलता हात पारेको हो। यसअघि गुगल र चीनको इन्टरनेट जाइन्ट कम्पनी ‘बैदु’ले सफलतापुर्वक सेल्फ ड्राइभिङ कारको परिक्षण गरेका थिए तर यो कम्पनीले पब्लिकका लागि नै सेवा सुरु गरेको जनाएको छ।
कम्पनीले अमेरिकाको म्यासाच्युसिट्सवाट दुईजना वैज्ञानिकलाई वोलाएर सिंगापुरका सडकमा सेल्फ ड्राइभिङ कारको सम्भाव्यताका लागि अध्ययन गर्न लगाएको जनाएको छ।

नढाँटी भन्दा उवरले परम्परगत तरिकाले सेल्फ ड्राइभिङ ट्याक्सीको प्रयोगमा जोड दिइरहेको छ’ नुटोनोमीका चिफ अपरेटिङ अफिसर डोङ पार्करले भने ‘प्रविधिको तिव्र प्रतिस्पर्धामा हामी जित्ने लक्ष्यका साथ अगाडी बढेका थियौं र सफल पनि भएका छौं।’
पार्करले भने, ‘हामीसंगै सिंगापुर सरकारले सेल्फ ड्राइभिङ कारका लागि एउटा कोशेढुङ्गा पार गरेको छ। सिंगापुरको उत्तरी एक जिल्लामा करिब एक माइल वरपरसम्म यसले सजिलै आवतजावत गर्न सक्छ। यसको विस्तारका लागि हामी लागिरहेका छौं।’

कम्पनीले सन् २०१८ भित्रमा सिंगापुरका सवै आइल्याण्डका अटोनोमस ट्याक्सी कम्पनीहरुलाई यो सेवा हस्तान्तरण गर्ने योजना रहेको जनाएको छ। ‘हामी सेल्फ ड्राइभिङ ट्याक्सी ग्राहकका लागि संसारमा  कन्जुमर सर्भिस दिने पहिलो देश भएका छौं’ पार्करले भने।
कम्पनीले अब सिंगापुरका जनता र यहाँ घुम्न आउने पर्यटकले गाडीको इन्जिनको प्रदुषण र अनावश्यक झन्झटवाट मुक्ति पाउने बताएको छ।

Share News