काठमाडौं ९, भदौ । नेपाल उद्योग बाणिज्य महासंघको कार्यालय समय परिवर्तन भएको छ । संघको हाल कायम रहेको कार्यालय समय परिवर्तन यही भदौ १२ गते आइतबारदेखि लागू हुने भएको छ ।

परिवर्तिन समय अनुसार बिहान ११ बजे कार्यालय समय सुरु हुने भएको भने साँझ ६ बजेसम्म कार्यालय समय रहेकोले सबै कर्मचारीलाई सोही अनुसार कार्यालय आउन र निष्कन महासंघले सूचना जारी गरेको उल्लेख छ ।
यस अघि महासंघको कार्यालय समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म रहेको थियो । महासंघको यो निर्णयले करीब ७० वटा बस्तुसंघ र करीब ९५ जिल्ला तथा नगर उद्योग उद्योग बाणिज्य संघलाई यो कार्यालय समयले प्रभाव पर्छ ।