काठमाडौं, ८ भदौ । ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटी पाँच बुँदे माग राखेको छ । महासंघका अध्यक्ष मोहन कटुवालको नेतृत्वमा गएको व्यवसायीहरुको टोलिले ग्रील तथा स्टील व्यवसाय दर्ता प्रकृया सहज बनाई कानुनी दायरामा ल्याउने र कानुनी दायरामा आउन नचाहने ब्यवसायीलाई कारवाहीको गर्ने ब्यवस्था गर्नु पर्ने, मेटल फेब्रिकेटीङ सम्बन्धि सम्पूर्ण कामहरु ग्रील तथा स्टील ब्यवसायीले मात्र गर्ने ब्यवस्था गर्नु पर्ने, दक्षजनशक्तिको अभाव कम गर्न दक्ष जनशक्ति उत्पादनमा विषेश प्राथमिकता दिनुपर्ने, लोडसडिङको तत्कालिन अल्पकालिन र दीर्घकालीन बिकल्प खोज्नु पर्ने र सरकारद्धारा जारी गरिएको ग्रीलजन्य तयारी सामाग्रीको उपभोक्ता मुल्य सुचिलाई कडाई साथ लागू गर्नु पर्ने माग गरेको हो ।
अध्यक्ष कटवालले महासंघले ५४ जिल्ला संगठन विस्तार गरिसकेका, यो क्षेत्रमा १ लाख ५० हजार मानिसले रोजगाी पाएको जानकारी दिदै निर्माण कार्यमा यो क्षेत्रको भूमिका बारेमा प्रधानमन्त्रीलाई जनाकारी दिएका छन् । महासंघले आंफनै खर्चमा बार्षिक ५००० दक्ष जनशक्ति उत्पादन गर्दे आईरहेको तर तालिम लिएपछि उनीहरु बिदेशिने गरेको कारण आफूहरु समस्यामा परेको बताए ।