काठमाडौं, ८ भदौ । काठमाडौंको चोभारस्थित विप्पी ल्याण्ड एम्युजमेन्ट एण्ड वााटर पार्कले छुट अफर ल्याएको छ । पार्कले भदौ ७ गतेदेखि लागु हुने गरि छुट अफर ल्याएको हो ।
भदौं २१ गतेसम्म लागु हुने छुट योजना अनुसार विद्यार्थीका लागि ५ सय रुपैंयाँ शुल्क तोकिएको छ ।
सार्वजनिक विदाका दिन बाहेक सो अवधीसम्म विद्यार्थीले छुट सुबिधामा पार्क घुम्न पाउनेछन् । पार्कले प्रति टिकेट १५० रुपैंयाँ छुट दिन लागेको हो ।
त्यस अघि विद्यार्थीका लागि ६५० रुपैंयाँ शुल्क तोकिएको थियो । पार्क प्रवेश गरेपछि सबै खेलहरु निःशुल्क खेल्न पाइनेछ ।