काठमाडौं ७, भदौ । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि खुला गरेको शेयर विक्री आजबाट बन्द हुने भएको छ ।यो संस्थाले यहि भदौ ५ गतेदेखि साधारण शेयरको आवेदन खुला गरेको थियो । संस्थाले एक सय रुपैया अंकित चार लाख कित्ता शेयर सर्वसाधारणका लागि निस्काशन तथा विक्री खुला गरेको थियो ।
सर्वसाधारण आवेदकबाट माग गरेको भन्दा बढी शेयर खरिदका लागि आवेदन परेकोले आज बुधबार बैंकिङ समयपछि बन्द गरिने आरएसडीसीले जानकारी दिएको छ । यो संस्थाको धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक एनआईबीएल क्यापिटल हो । आरएसडीसी नेपाल राष्ट्र बैंकबाट घ वर्षको इजाजतप्राप्त संस्था हो ।