काठमाण्डौ, ७ भदौ । उप–प्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा सार्कको आठौ अर्थमन्त्रीस्तरीय बैठकमा सहभागी हुन मंगलवार पाकिस्तान जाने भएका छन् ।
उप–प्रधानमन्त्री महरा राती साँढे नौ वजे कतार एयरवेजबाट पाकिस्तान उड्ने भएका हुन् । नेपालका तर्फबाट उपप्रधानमन्त्री महराले अध्यक्ष राष्ट्रको रुपमा बैठकको अध्यक्षता गर्ने अर्थमन्त्रालयका संचार विज्ञ त्रिभुवन पौडेलले जानकारी दिए ।
बैठकमा मुख्यतयाः सार्क क्षेत्रको आर्थिक बिकासका लागि गर्न सकिने साझेदारीका बारेमा छलफल हुनेछ ।
मन्त्री स्तरीय बैठक अघि भदौ ९ गते सार्कका अर्थ सचिबहरुको बैठक हुने कार्यक्रम रहेको छ । सचिब स्तरीय बैठकको भोलिपल्ट अर्थमन्त्रीहरुको बैठक हुने कार्यक्रम तय भएको छ । उपप्रधानमन्त्री महरा भदौ ११ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
महराका साथ मन्त्रालयका सहसचिब बैकुण्ठ अर्याल पनि पाकिस्तान जाने कार्यक्रम छ । सार्कको सातौ अर्थमन्त्री स्तरीय बैठक नेपालमा भएको थियो ।
यसैबिच, उपप्रधानमन्त्री महरासँग मंगलवार नेपालका लागि अमेरिकी अलेना बी. टेप्लिट्स राजदुत र सोमबार नेपालका लागि भारतीय राजदुत रञ्जित रेले सोमबार मन्त्रालयमा शिष्टाचार भेट गरी नेपाल सरकारको उपप्रधान तथा अर्थमन्त्री बनेकोमा महरालाई बधाइ दिएका थिए ।
सो भेटमा दुबै देशका राजदुतहरुले विगतमा भइरहेका सहयोगलाइ निरन्तरता दिने र थप सहयोगका लागि तयार रहेको जानकारी आ–आफ्नो मुलुकको धारणा सुनाएका थिए ।