बजारमा अमेरिकी डलरको हाहाकार, नगदै बोक्ने बानीका कारण डलर अभाव

<p>काठमाडौं, ७ भदौ । बजारमा डलर हाहाकार भएको छ भने डलर खोज्न गएका व्यक्ति रित्तै हात फर्किनुपरेको छ । बूढानीलकन्ठकी उषा खड्काले डलर साट्न सोमबार दिनभर बैंक चाहरिन् । तर, उनले आफूले चाहेको जति डलर पाउन सकिनन्। भिसा लागेको पार्सपोर्ट बोकेर एकैदिन चार वटा बेंक भौतारिएको उनी दिउँसो तीन बजे रित्तै घर फर्किनु परेको खबर मंगलबारको [&hellip;]</p>

काठमाडौं, ७ भदौ ।
बजारमा डलर हाहाकार भएको छ भने डलर खोज्न गएका व्यक्ति रित्तै हात फर्किनुपरेको छ । बूढानीलकन्ठकी उषा खड्काले डलर साट्न सोमबार दिनभर बैंक चाहरिन् । तर, उनले आफूले चाहेको जति डलर पाउन सकिनन्।
भिसा लागेको पार्सपोर्ट बोकेर एकैदिन चार वटा बेंक भौतारिएको उनी दिउँसो तीन बजे रित्तै घर फर्किनु परेको खबर मंगलबारको अन्नपूर्णले छापेको छ।DOLLAR डलर नभएको भन्दै बैंकले दिन मानेनन् । धेरै अनुरोध गरेपछि दुई सय डलरसम्म दिइने आश्वासन उनले पाएकी छन् । चाहे जति डलर साट्न नपाएपछि उनलाई डलरको जोहो गर्ने चिन्ताले सताएको छ । खड्काले कार्ड बोकेर गए पनि साथमा कम्तीमा हजार डलरसम्म नगद हुँदा ढुक्क हुने बताइन् ।
डलरको खोजीमा बैंक चाहार्नु विदेशिन लागेका पहुँच नहुनेको दिनचर्यानै बनेको छ हिजोआज । बजारमा डलरको अभाव भएसँगै यसको खोजीमा दौडधुप गर्नेको स।ख्या दिनप्रतिदिन बढ्दैगइरहेको छ ।

आइतबारको तुलनामा डलर खोज्न आउनेको संख्या सोमबार बृद्धि भएको बैंकहरुले बताएका छन् ।
आम उपभोक्ताको नगदै बोक्ने बानीका कारण डलर अभाव भएको सिटिजन्स बैंक इन्छरेनशनलका प्रमुख कार्यकारी अधिकृत राजनसिंघ भण्डारीले बताए छन्। उनका अनुसार उपभोक्ताले अब डलर नगदमा होइन कार्ड प्रयोग गरेर लिनुपर्छ ।

विदेशी नागरिक तथा पर्यटकले डलरको कारोबार गर्न कार्ड नै प्रयोग गर्छन् । नेपाली उभोक्ता भने नगदै बोक्न रुचाउने भएकोले पनि बजारमा खोज्न जाँदा भनेकै समयमा नगद नपाइएको बैंकरको भनाइ छ ।
डलरको नगद कारोबारले कालोधनलाई सेतो बनाउन प्रयोग हुने तथा आतंकबादलाई प्रोत्सहन दिने भएकोले पनि नगद भन्दा कार्डनै प्रयोग गर्नुपर्ने सुझाव राष्टबैंकले दिएको समाचारमा उल्लेख छ ।

Share News