काठमाडौं ७, भदौ । राजधानीमा दैनिक जीवनयापनका लागि दौडधूप गर्दा धुवा धुलोको प्रदुषणबाट आम सर्वसाधारणले लगाउँने गरेको कपडाको माक्सको औचित्य नभएको समाचार तथ्या सार्वजनिक भएको छ ।
आम सर्वसाधारणले अहिलेसम्म स्वास्थको ख्याल गर्दै कपडाको माक्स किन्न प्रयोग गरेका पैसाले पनि उचित काम नगर्दा खेर गएको छ । राजधानीमा वायु प्रदुषणबाट बच्न प्रयोग हुने कपडाका मास्कले धुलो र धुँवाको कण छेक्नै नसक्ने तथ्य सार्वजनिक भएको हो ।
काठमाडौं उपत्यकामा प्रयोग भइसकेका मास्कको प्रयोगशाला परीक्षणसहित गरिएको अध्ययनमा ८० देखि ९० प्रतिशतसम्म प्रदुषणका कण छिर्ने गरेको पत्ता लागेको हो । 
अमेरिकाको मासाचुसेट्स विश्वविद्यालयका प्राध्यापक रिचार्ड पेल्टियर र नेपाली वैज्ञानिक कविन्द्र शाक्यले गरेको अध्ययनअनुसार त्यस्ता मास्कले धुलो र धुँवाका कण पटक्कै छेक्दैनन् ।
मास्कभित्रै प्रदुषणका कण जम्मा भएर बस्ने छ । साइन्स एण्ड इन्भाइरोमेन्ट इपिडिमियोलोजीमा प्रकाशित प्रतिवेदनअनुसार कपडाको मास्क प्रयोग गर्दा ८० देखि ९० ९सेन्थेटिक पार्टिकल्स० प्रतिशत नाकमुखभित्र छिरेको थियो ।
डिजेल इन्जिन भएको ट्रकको छेसमा बस्दा त झन् अवस्था भयावह हुन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘मास्कले छेक्छ भनेर ढुक्क हुनु रोग निम्त्याउनु हो ।’
अस्पतालमा प्रयोग गर्ने सर्जिकल मास्कले भने तुलनात्मक रुपमा धुलोका कण बचाएको पाइएको छ । तर यो पनि भरपर्दो र पूर्ण विश्वासिला भने छैनन् । धोएर पुनः प्रयोग हुने मास्क सबैभन्दा खतरायुक्त भएको निष्कर्ष छ । समाचार स्रोत: अन्नपूर्ण पोस्ट ।