काठमाडौं ७, भदौ । सोमबार व्यापक गृहकार्य भएको भएपनि मन्त्रिपरिषद् विस्तार हुन नसक्दा मंगलाबार पुन गृहकार्य भइरहेको छ । कांग्रेसले आफ्नो पाटिको तर्फबाट मन्त्रीमा सहभागि हुनेका नाम नदिएको कारण मन्त्रिपपरिषद् विस्तार नभएको उल्लेख छ । आज मंगलबार साँझसम्म कांग्रेसले सरकारमा सहभागि हुनेको नामावाली उपलव्ध गराउने र मन्त्रिपरिषद् विस्तार हुने उल्लेख छ ।

आफ्ना पार्टीका तर्फबाट सहभागी हुने मन्त्रीहरुको टुंगो लगाउने काम सोमबार नै हुन भनिएपनि मंगालबार मात्रै केहीको नाम सिफारिश हुने भएका कांग्रेसले जानकारी दिएको छ । पाटिको भागमा परेको सबै मन्त्रालयमा सहभागि हुने मन्त्रीको टुंगो भने अझै केहीदिन लाग्ने पनि कांग्रेसको भनाइ छ ।
पार्टीका तर्फबाट बन्ने मन्त्रीहरुको टुंगो लगाई बुधबार साँझसम्म पद तथा गोपनियताको सपथसमेत गराउने तयारीमा कांग्रेस लागि परेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार साँझ प्रधानमन्त्री प्रचण्डलासमक्ष पार्टीका तर्फबाट बन्ने मन्त्रीहरुको सूची बुझाउने गृहकार्य अगाडि बढाएका छन् ।
यसका लागि देउवाले रामचन्द्र पौडेल, प्रभावशाली नेताहरु कृष्णप्रसाद सिटौला, खुमबहादुर खड्कासँग समेत छलफल गरिरहेका छन् ।
बुधबारभित्र मन्त्रीहरुको टुंगो लगाउने भनिएपनि परराष्ट्रमा अझैं कुरा मिलेको छैन । डा. शेखर कोइराला परराष्ट्र नपाए सरकारमै नजाने अडानमा छन् । कोइरालाको यस्तो अडानले देउवा समस्या परेका छन् । देउवानिकट मानिने प्रकाशशरण महतले यपटक परराष्ट्रमा चासो राखेका छन् ।
देउवाले शिक्षा मन्त्रालयको जिम्मवारी लिन अर्जुनरसिंह केसीलाई राजी गराइसकेको स्रोतको दावी छ । पाए पार्टीको तर्फबाट सरकारको नेतृत्व गर्ने, सम्भव नभए गृहमन्त्री बन्ने कसीको योजना थियो ।
यस्तै, बालकृष्ण खाँडलाई देउवाले रक्षा मन्त्रालयको जिम्मवारी दिने निश्चित भएको छ । कोषाध्यक्ष सीतादेवी यादवलाई महिला मन्त्री दिने सहमति भएको छ ।
कर्णालीका जीवन शाही यसपाली मन्त्री हुने भएका छन् । महामन्त्री डा.शशांक कोइरालाको सिफारिसमा परेका दीपक गिरीलाई पनि मन्त्री बनाइने निश्चित भएको छ ।
पौडेल समूहबाट आन्नद ढुंगाना, नविन्जद्रराज जोशी र राजन केसीको नाम चर्चामा छ । देउवा समूहबाट तारामान गुरुङ, भीष्म आङदम्बे र रामहरि खतिवडाको नाम चर्चामा छ ।
सिटौला पक्षको भीमसदान प्रधान गगन थापामध्ये एकजना मन्त्री हुने भएका छन् । खुमबहादुर खड्का पक्षबाट मोहन बस्ने र शंकर भण्डारीमध्ये एकजना मन्त्री हुने भएको छ । समाचार स्रोतः राजधानी दैनिक ।