सोमबारै मन्त्रिपरिषद् विस्तार हुन सक्ने, कांग्रेसले नाम दिनासाथ मन्त्रिपरिषद् विस्तार

<p>काठमाडौं, ६ भदौ । सत्तारूढ दल नेपाली कांग्रेसले मन्त्रिपरिषदमा आफ्नातर्फबाट नामावली पठाउने अन्तिम तयारी गरिरहेकोले कांग्रेबाट नयाँ मन्त्रीको नाम आउँनासाथ मन्त्रीपरिषद् विस्तार हुने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवानिकट एक नेताले आफ्ना केही मन्त्रीको नाम सोमबारै प्रधानमन्त्री पुष्पकमल दाहाललाई पठाउने तयारी भइरहेको बताएका छन् । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग परामर्श गर्न बाँकी रहेकाले [&hellip;]</p>

काठमाडौं, ६ भदौ । सत्तारूढ दल नेपाली कांग्रेसले मन्त्रिपरिषदमा आफ्नातर्फबाट नामावली पठाउने अन्तिम तयारी गरिरहेकोले कांग्रेबाट नयाँ मन्त्रीको नाम आउँनासाथ मन्त्रीपरिषद् विस्तार हुने भएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवानिकट एक नेताले आफ्ना केही मन्त्रीको नाम सोमबारै प्रधानमन्त्री पुष्पकमल दाहाललाई पठाउने तयारी भइरहेको बताएका छन् ।prachanda-cabinet
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग परामर्श गर्न बाँकी रहेकाले सोमबार मन्त्रिपरिषद्मा चार वा पाँच सदस्यमात्रै जान सक्ने संकेत देखिएको छ । काँगेसले १२ देखि १३ वटा मन्त्रालय पाउँने भएपनि काँग्रेसभित्रै देउवा र पौडेलपक्षबीच सहमति हुन नसक्दा सबै मन्त्रालयका लाागि मन्त्रीका नामावली भने पठाउन तत्काल नसकिने उल्लेख छ ।
कांग्रेसले चारपाँच जनाको नाम सोमबार नै प्रधानमन्त्री दाहाललाई दिने र मन्त्रीपरिषद् विस्तार हुनसक्न कांग्रेसकै एक नेताले बताएको समाचार सोमबारको कान्तिपुर दैनिकले छापेको छ ।
‘हाम्रो तर्फबाट केही नामसोमबारनै प्रधानमन्त्रीकहाँ जाँदैछ, भदौ ८ गते देउवा उपचार फ्लो अपका लागि सिंगापुर उड्ने भएकाले त्यसअघि नै पार्टीका तर्फबाट सरकारमा जाने अरु नेताको नामसमेत टुंगो छ ’, कांग्रेसका एक नेताको भने । सोमबार क्याबिनेटमा जाने नाम पठाउन आवश्यक तयारी भइरहेको छ ।

कांग्रेसले सोमबार पठाउने भनिएका नाममा अर्जुननरसिंह केसी, प्रकाशशरण महत र केशवकुमार बुढाथोकीको चर्चा छ । अघिल्लो पटक चर्चा गरिएका शेखर कोइराला भने सूचीमा पर्ने छैनन् । कोइरालालाई परराष्ट्र मन्त्रालय दिन देउवा सहमत भए उनको नामसहित अरु नाम पौडेल पक्षले एकै पटक पठाउने बुझिएको छ ।

अरु मन्त्रीबारे मोटामोटी टुंगो लागे पनि महिला, मधेसीलगायत समानुपातिक प्रतिनिधित्व मिलाउनुपर्ने शर्तले गर्दा पौडेल पक्षसँग समन्वय गरेपछि मात्रै सार्वजनिक गर्ने देउवाको तयारी छ। ती नेताले पौडेल पक्षबाट ६ मन्त्रालयको दाबी आएकाले छलफल बाकी रहेको खुलाए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले सम्भव भए सोमबार, नत्र मंगलबारभित्र आफ्नो दलबाट थप मन्त्री आउने पुष्टि गरे । ‘मन्त्रिपरिषद् बिस्तार गर्ने तयारी भइरहेको छ, त्यसलाई अन्तिम रुप दिनुअघि केही छलफल गर्नुपर्ने भएकाले ढिलाई भएको हो,’ उनले भने । को–को नेता कुन मन्त्रालयमा जाने भन्नेबारे लेखकले खुलाएनन् ।

पौडेल निकट मानिने अर्का नेता महेश आचार्यले मन्त्रिपरिषदमा को–को जाने भन्नेबारे पार्टीभित्र सरसल्लाह भइनसकेको बताए। आन्तरिक परामर्श र छलफलबाटै नामावली टुंगो लाग्नेमा उनले विश्वास व्यक्त गरे । अर्का एक नेताले मन्त्री हुन पार्टीभित्र डेढ सय नेता आकांक्षी रहेको जानकारी दिए ।

Share News