आपूर्ती मन्त्रालयकोअनुगमन टोलीमाथि व्यवसायीको अवरोध, केहि स्टोरमा सिलबन्दी

<p>काठमाडौं ६ भदौ। अाइतवार अनुगमन गर्न पुगेको आपूर्ति मन्त्रालयको टोलीलाई नयाँबजारका एक व्यवसायीले धम्क्याएका छन्। सोमबार अर्गानिक किचेन मार्टमा अनुगमन टोलीले किरा लागेका तथा म्याद नाघेका सामानहरु बिक्री गरिरहेकै अवस्थामा फेला पार्‍यो । अनुगमन टोलीमा मन्त्रालयका उपसचिव तथा टोली संयोजक कपिल प्रसाद रेग्मी सहित उपभोक्ता अधिकारकर्मी, प्रहरी र सञ्चारकर्मी थिए । श्रेष्ठले संयोजकमाथि नै अभद्र व्यवहार गरेपछि [&hellip;]</p>

काठमाडौं ६ भदौ। अाइतवार अनुगमन गर्न पुगेको आपूर्ति मन्त्रालयको टोलीलाई नयाँबजारका एक व्यवसायीले धम्क्याएका छन्। सोमबार अर्गानिक किचेन मार्टमा अनुगमन टोलीले किरा लागेका तथा म्याद नाघेका सामानहरु बिक्री गरिरहेकै अवस्थामा फेला पार्‍यो ।

अनुगमन टोलीमा मन्त्रालयका उपसचिव तथा टोली संयोजक कपिल प्रसाद रेग्मी सहित उपभोक्ता अधिकारकर्मी, प्रहरी र सञ्चारकर्मी थिए । श्रेष्ठले संयोजकमाथि नै अभद्र व्यवहार गरेपछि अनुगमन टोली र व्यवसायीबीच एक घण्टा चर्काचर्की भएको थियो ।

टोलीले अनुगमनका क्रममा अर्गानिक किचेन मार्टमा अधिकांश सामान म्याद नाघेका, लेबल नखुलाइएका तथा किरा लागेका भेटिएपछि सिलबन्दी गर्ने निर्णय गरेको थियो।

सोमबार आपूर्ति मन्त्रालयको संयोजकत्वमा गएको अनुगमन टोलीले चार वटा स्थानमा अनुमन गरेको थियो। जस मध्ये दुईवटा स्टोरहरुमा सिलबन्दी गरेको छ।


राजधानीको कलंकीमा रहेको सिजी मार्टमा लेबल नलगाइएका तथा म्यादा नाघेका सामानहरु फेला परेका थिए। टोलीले उक्त मार्टबाट सामान जफत गरि सुधारका लागि निर्देशन दियो।

Share News