काठमाडौं ६, भदौं । विजुलीको पैसा नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले पूर्व मुमा वडामहारानी बस्ने महेन्द्र मञ्जीलकै लाइट काटिदिएको छ । विद्युत् महशुल नतिर्ने १ सय ५० ग्राहकको लाइन काट्दा महेन्द्र मन्जीलकोसमेत परेको छ । 
प्राधिकरणले महसुल नतिर्नेहरुको लाइन काट्ने अभियान थालेपछि दुई दिनमा देशभरका १ सय ५० ग्राहकको लाइन काटेको जनाएको छ। ति ग्राहकबाट २ करोड रुपैँया उठ्न बाँकी भएको र बक्यौता रकम नतिरे सम्म लाइन जडान नहुने प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले बताए।
आइतबार नै पूर्व मुमा बडामहारानी बस्ने महेन्द्र मञ्जीलको प्राधिकरणले विजुलीको लाइन काट्दा उनको जन्मदिनको उपहार अन्धकार हुन पुगेको छ ।
पूर्वमुमा बडामहारानी रत्नराज्यलक्ष्मी देवी शाहको निवास महेन्द्र मन्जीलको विद्युत महसुल ३७ लाख पुगेको प्राधिकरणले जानकारी दिएको छ ।
शनिबार रत्नको ८९ औं जन्मदिन परेको थियो । उनको जन्मदिनको भोलिपल्ट अर्थात आइतबारै सरकारले लाइन काटेर उनलाई अन्धकार उपहार दिएको छ ।
लामो समयदेखि विद्युत महसुस नतिरिएको र ३७ लाख ३१ हजार रुपैयाँ पुगेपछि नियमित प्रक्रियाअन्तर्गत लाइन काटिएको प्राधिकरणका कार्यकारी निर्देशन मुकेशराज काफ्लेले बताए ।
महेन्द्र मञ्जीलबाट ३७ लाख महसुल उठाउन बाँकी थियो। महसुल तिर्न पटक पटक पत्राचार गरे पनि बेवास्ता गरेका कारण लाइन काटिएको काफ्लेले बताए।
महसुल नतिर्ने ग्राहकको विगत देखिनै लाइन काटिँदै आए पनि उर्जामन्त्री जनार्दन शर्माको निर्देशन पछि यसलाई अभियानकै रुपमा सुरु गरेको काफ्लेले बताए।
उर्जामन्त्री शर्माले महसुल नतिर्ने १० ठूला ग्राहकको लिष्ट बनाएर तीन दिन भित्र लाइन काट्न निर्देशन दिएका थिए।