नेपाल सिल्क रोड चेम्बर अफ कमर्स परिषदको गठन

<p>काठमाडौं, ५ भदौं । नेपाल–चीन उद्योग वाणिज्य संघले डा. राजेश काजी श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय नेपाल सिल्क रोड चेम्बर अफ कमर्स परिषद गठन गरेको छ । चीन सरकारले अघि सारेकोे सिल्क रोड पुनः सुचारु गरी वन बेल्ट वन रोडको अवधारणालाई सहजीकरण गर्न सो समिति गठन गरिएको हो । नेपाल सिल्क रोडको अवधारणामा सहभागि हुने भएपछि सिल्क [&hellip;]</p>

Rajesh Kazi Shrestha PPकाठमाडौं, ५ भदौं । नेपाल–चीन उद्योग वाणिज्य संघले डा. राजेश काजी श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय नेपाल सिल्क रोड चेम्बर अफ कमर्स परिषद गठन गरेको छ । चीन सरकारले अघि सारेकोे सिल्क रोड पुनः सुचारु गरी वन बेल्ट वन रोडको अवधारणालाई सहजीकरण गर्न सो समिति गठन गरिएको हो ।

नेपाल सिल्क रोडको अवधारणामा सहभागि हुने भएपछि सिल्क रोडको महत्वलाई ध्यानमा राखी परिषद गठन गरिएको हो । परिषदमा अध्यक्ष डा. राजेश काजी श्रेष्ठ र सदस्यहरुमा त्रिभुवनधर तुलाधर, विनोद बहादुर श्रेष्ठ, सुरेन्द्र वीर मालाकार, रण बहादुर श्रेष्ठ, राजेन्द्र मल्ल, उपेन्द्र पौड्याल, प्रसिद्ध बहादुर पाण्डे, किरण प्रकाश शाखः, अर्जुन प्रसाद शर्मा, उमेश लाल श्रेष्ठ, आर.वी. रौनियार, प्रकाश सिंह कार्की, विष्णु खत्री, डा. हसिश चन्द्र शाह, संजय अग्रवाल र जियाङ सिं पिङ रहेका छन् ।

नेपाल सिल्क रोड चेम्बर अफ कमर्स परिषद्को स्थापनाबाट सिल्क रोडले जेडिएका मुलुकहरुमा हुने गतिविधि र विकासबाट नेपालले लाभ लिन सक्ने गरी कार्यहरु अगाडी बढाउने छ । सिल्क रोडमा एसिया, गल्फ तथा युरोपका राष्ट्रहरु समेत समावेश भई विकासका अवधारणाहरु अगाडी बढाउने भएकोले यातायत संजाल, रेल, समुन्द्री मार्गबाट जोडिनुका साथै क्षेत्रीय व्यापार, लगानी, पर्यटन, उर्जा आदी क्षेत्रको विकासमा एकजुट भई सम्पूर्ण क्षेत्रले नै सम्बृद्धि हाँसिल गर्ने छ ।

Share News