काठमाडौं ५, भदौ । नेपाल बैंक लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको तीन लाख ९९ हजार ९४० कित्ता संस्थापक सेयर बिक्रीमा रहेको छ । प्रतिकित्ता ३५ सय रुपैयाँ भन्दा बढीमा बोलकबोलबाट विक्री गर्न लागिएको यो शेयर किन्न टेण्डर हाल्ने आजै अन्तिम दिन हो । कोषको सेयर बजारमा प्रतिकित्ता ४ हजार ८ सय रुपैयाँ भन्दा बढीमा कारोबार भईरहेको छ ।