काठमाडौं, ५ भदौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले ३१ लाख ५७ हजार ८८३ कित्ता सेयर प्रिमियम मूल्यमा निश्काशन गर्ने भएको छ । कम्पनीले विकास गर्दै गरेका नयाँ योजनाहरुमा आवश्यक पुँजी जुटाउन उक्त सेयर निश्काशन गर्न लागेको बताईएको छ ।
साथै कम्पनीले सबै प्रमोटर सेयरलाई साधारण सेयरमा परिवर्तन गर्ने भएको छ । कम्पनीमा सञ्चालकको संख्या ७ बाट घटाएर ५ जनाको बनाउने प्रस्ताव साधारणसभामा लैजादैछ । कम्पनीले जारी पुँजीलाई १ अर्बबाट वृद्धि गरी १ अर्ब ५० करोड रुपैयाँ बनाउने प्रस्ताव साधारणसभामा लैजाने भएको छ । कम्पनीको साधारणसभा भदौ १७ गते हुँदैछ ।
गुरुप्रसाद न्यौपाने र उनको परिवार मात्र हावी भएको यो कम्पनीले पुँजी वृद्धि गर्ने तर सञ्चालकको संख्या घटाउने प्रस्ताव ल्याउनुलाई गम्भिर अर्थमा लिइएको छ । न्यौपानेको पारिवारिक दवदवाका कारण यो कम्पनी बारम्बार विवादमा आउने गरेको छ ।