काठमाडौं ५, भदौ । विश्वमा नै बौद्धिक सम्पतिको निकै महत्व हुने र राज्यले संरक्षको लागि प्रोत्साहन गर्ने गरेको छ । नेपालमा भने यसको महत्व राज्यले दर्शाउन नसक्दा र भएकै सम्पतीको पनि संरक्षमा निकै कमजोर रहेको पाइएको छ । नेपाल विश्वमै कमजोर भौतिक तथा बौद्विक सम्पत्तिको अधिकार भएको राष्ट्रको सूचीमा परेको छ ।
प्रपर्टी रायट्स अलायन्सको हालै प्रकाशित अन्तर्राष्ट्रिय सम्पतिमाथिको अधिकार सुचाकंका अनुसार नेपाल सबैभन्दा कम सम्पत्तिको अधिकार भएका २० राष्ट्रमा परेको छ ।
नेपाल सम्पत्तिमाथको अधिकार सूचाकंका ४ दशमदव ५ अकंसहित १२८ देशमध्ये ९७ औं स्थानमा रहेको वासिङटन डिसीस्थित प्रपटी राइट्स अलायन्सको प्रकाशनले हालै सार्वजनिक गरेको अन्तर्राष्ट्रिय सम्पत्तिमाथिको अधिकार सूचाकंकमा उल्लेख छ ।
आजको नागरिक दैनिकले समाचार छापेको छ ।