काठमाडौं ४ भदौं । गत बुधबार दिउँसोसम्म लाइन नलगी र निर्वाध रुपमा पेट्रेल पाइरहेका उपभोक्ताले विहिबार विहानै भने दुइचारवटा पेट्रोलपम्प नै धाउनुपर्यो । विहिबार हिन्दू धर्मावलम्बीको लागि जनैपूर्णिमा परेकोले सार्वजकि विदा पनि थियो । नेपाल आयल निगम अघिपछि त कुनै बहाना विना नै तेल दिँदैन त्यसमा पनि विहिबारदेखि शनिबारसम्मको तीन दिने विदाका कारण इन्धन पाउन मुस्किल नै भएको छ ।

बुधकार आयल निगमले पठाएको र पेट्रोल पम्पमा विक्रि गर्न बाँकी रहेको तेबिहीबारदेखि नै देखि उपभोक्ताको दोडधूप हुन थालेपछि विहान र एकाध पम्पले दिउँसै सके । विहिबार नै भएको तेल सकिएको र निगमले नपठाएको कारण उपत्यकाका प्रायः पेट्रोलपम्प शुक्रबार बन्दै रहे । कामविशेषले तेल खोजीमा भौँतारिएका उपभोक्ता पम्पैपिच्छे ‘पेट्रोल छैन’ लेखिएका सूचनाले हैरान भए ।
तिनकुनेस्थित न्यु रिकेश पेट्रोल पम्पका एक जना कर्मचारीले भने ‘निगमले पठाएको छैन भएको हिजै सकियो बेलुका आयो भने दिउला’ । यो पेट्रोल पम्पमा पुगको सवारी साधनकर्ता रित्तै फर्किए । पम्पले बेलुका पनि पम्पमा तेल नआएपछि अब भोली आउँछ भनेर आएका उभोक्तालाई फर्काइदिएको छ ।
भारतबाट पर्याप्त पेट्रोल आइरहँदा पनि उपभोक्ता रित्तै हात हुनुको प्रमुख कारण हो नेपाल आयल निगमकै व्यवसथापनले हो । पेट्रोलियम वितरणमा नेपाल आयल निगमको कमजोर व्यवस्थापनका कारण भएकै तेल पम्पमा पुग्न सकेको थिएन । निगमका कर्मचारी भने तेल अभावन नरहेको र लगातार तीन दिन विदा परेकोले कम खपत हुने भन्दै नपठाएको दाबी गरेर बसिरहेको छ ।
निगमको यही लापरबाहीका कारण लगातार सरकारी बिदा पर्नासाथ उपभोक्ताले तेल अभावमा सास्ती बेहोर्नुपर्छ । बिदाका दिन निगमबाट तेल नपाउँदा वितरकले उपभोक्तालाई बाँड्न सक्दैनन् । त्यसो त यस अघि पनि सार्वजनिक विदानको दिन र लगातारको दुइतीन दिनको विदा हुँदा इन्धन नपाइने समस्या ज्यूँकाज्यूँ रहेको छ । पेट्रोल पम्पले पनि भएको तेल विहानै बाड्ने भएको कारण पनि दिउँसो विदाका दिन तेल नपाइएको हो ।
नेपाल आयल निगमले भने तेल आइरकेको र कुनै समस्या नभएको प्रतिक्रिया दिएको छ । त्रिपुरेश्वरस्थित पम्पमा शुक्रबार दिउँसो तेल भर्न आएका प्रमोद लामा पम्प बन्द देखेपछि फर्कन बाध्य भए ।
शनिबार बनेपा जानैपर्ने वाध्यतामा तेलको खोजीमा हिडेका लामा एकपछि अर्को पेट्रोल पम्प चहार्दै हिड्दा बाइकमा भएको आधा लिटर तेल पनि सकिसक्यो तर पेट्रोल पाइएन भनेर गुनासो गर्दैथिए ।
निगमले दैनिक उपभोग्य वस्तुअन्तर्गत पर्ने पेट्रोल बिदाका दिन पनि उपभोक्तालाई अत्यावश्यक पर्ने यथार्थ बेवास्ता गर्दा पेट्रोलियम पदार्थ भण्डारण र वितरण चुस्त छैन । सामान्य अवस्थामा उपत्यकामा दैनिक करिब ३ लाख लिटर पेट्रोल खपत हुन्छ । माग अझ चुलिँदो छ ।
बिदाका दिन निगमले पेट्रोल नदिएकाले बिहीबार जसोतसो पुर्याए पनि गाईजात्राका दिन शुक्रबार पम्प गर्नुपरेको वितरकको गुनासो छ । शनिबार पनि पम्प बन्दै हुने भएकोले उपभोक्ता अब पेट्रोल सहज पाउन आइतबार नै कुर्नुपर्ने भएको छ ।
निगमले बिदामा तेल दिने दिए अभाव नहुने पम्प सञ्चालक बताउँछन् । निगमले नै नदिएकाले अभाव भएको पनि पम्प संचालकको बुझाई छ । निगमले यो अवस्था निम्तिन नदिन भण्डारण क्षमता बढाउने भनेको पनि भाषमा नै सिमित भएको छ ।
करोडौं बोनस बाँड्न चलखेल गर्ने निगमसँग बिदाका दिन पनि कर्मचारी खटाएर डिजेल, पेट्रोल वितरण गर्न सक्ने स्रोतसाधन नभएको होइन । तर, जिम्मेवारीबोध नगर्ने प्रवृत्तिका कारण आफूहरू सधैं मारमा पर्ने गरेको उपभोक्ताको गुनासो छ । निगमका अनुसार तेल आइरको र भण्डारणा पनि समसया नभएकोले विदाको दिन वितरण कम भएको मात्रै हो । आइतबारबाट विदा खुलेपछि पेट्रोल डिजल सहजै पाइने दाबी गरेको छ ।