काठमाडौं, २ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले यातायात क्षेत्रको सिन्डिकेट तोड्न पहल गर्ने बताएको भोलिपल्ट नै अरनिको यातायात सेवा समितिले यात्रुलाई विचवाटोमै अलपत्र पारेर सिन्डिकेटको नाङ्गो रुप देखाएको छ ।
विहिवार विहान काठमाडौंवाट रामेछाप, दोलखा, सिन्धुपाल्चोक र ओखलढुंगाको लागि छुटेका बसका यात्रुलाई समितिले धुलिखेलमा ओरालेर अलपत्र पारेको छ । बीपी राजमार्ग हुदै रामेछाप जानलाई प्रहरीले रोकेपछि समितिले आफ्ना सम्पूर्ण बस धुलिखेलमा रोकेर यात्रुलाई विच वाटोमै अलपत्र पारेको हो ।
समितिले विगत ३ बर्षदेखि विना रुट परमिट सो वाटोमा सवारी चलाइ रहेको थियो । यसअघि पटके परमिटको आधारमा गाडी चलाउने गरिए पनि विहिवार धुलिखेलवाट नै सो राजमार्गमा बस प्रवेशमा रोक लगाइए पनि समिति आन्दोलित भएको हो ।
‘विहिवार विहान प्रहरीले समितिका गाडीलाई विपी राजमार्ग प्रवेश गर्न दिएन, यसैको विरोधमा हामीले सवै यात्रुलाई धुलिखेलमा ओरालेर सेवा बन्द गरेका छौं,’ सो क्षेत्रमा बस चलाउदै आएका एक बस ब्यवसायीले बताए ।
काठमाडौंवाट टिकट काटेर गएका यात्रुलाई अलपत्र पारेपनि सरकारले कुनै कारवाही गर्न सकेको छैन । यो समाचार तयार पार्दासम्म ब्यवसायी र सरकारका प्रतिनिधिविच वार्ता भइरहेको छ । विचवाटोमै अलपत्र यात्रुहरु केही काठमाडौं फर्किएका र केही विकल्प खोजेर गन्तब्यसम्म गएका बताइएको छ ।
समितिका पदाधिकारीहरुले भने आफूलाई विपी राजमार्गमा गाडी चलाउन नदिए समिति मातहतमा साढे ६ सय बस रहेको र ती सवै बस राती ल्याएर सिंहदरवार चारैतिरवाट घर्ने चेतावनी दिएका छन् ।